काभ्रेमा १८ मतदानस्थल अति संवेदनशील
धुलिखेल, १६ मंसिर /रासस : काभ्रेपलाञ्चोक जिल्लाका १८ मतदानस्थल अति संवेदनशील रहेको छ ।
मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा १८९ मतदानस्थल र ३५० मतदान केन्द्र रहेका छन् । तीमध्ये १६ वटा संवेदनशील र १८ वटा अति संवेदनशील मतदानस्थल रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख सहकुलबहादुर थापाले जानकारी दिए ।
“अति संवेदनशील र संवेदनशील मतदानस्थलमा सक्षम प्रहरी अधिकृतसहित त्यही किसिमका सुरक्षाकर्मीलाई परिचालन तथा थप गरेका छौँ ।” थापाले भने ।
“जिल्लाको सबै मतदानस्थलका लागि नेपाल प्रहरी र म्यादी प्रहरी गरी दुई हजार ७०४, सोहि हाराहरीमा सशस्त्र प्रहरी र करिब चार सयको संख्यामा नेपाली सेनालाई परिचालन गरिएको छ,” उहाँले भन्नुभयो – “निर्वाचन सुरक्षालाई ध्यानमा राखेर आवश्यक विभिन्न स्थानमा सुरक्षा टोलीलाई तैनाथ गरिसकेको अवस्था छ, ।” त्योसँगै मतपत्रसहित मतपेटिका र मतदान केन्द्रमा खटिने टोलीलाई लिएर छिट्टै खटिने प्रमुख थापाले बताए ।
चुनावलाई लक्षित गरेर नेकपा ९विप्लव० का कार्यकर्ताले यस जिल्लामा पनि केही गर्न सक्छन् भनेर विशेष चनाखोका साथ हेरिहेको उल्लेख गर्दै उहाँले चारैवटा सुरक्षा निकायले उच्च समन्वय र सहकार्यका साथ कसरी सुरक्षा दिने भन्ने विषयमा केन्द्रित भएर काम गरिरहेको छ भने । ।
जिल्लाको अवस्था सामान्य रहे पनि छिमेकी जिल्लामा निर्वाचन सम्पन्न भइसकेका र ती जिल्लाबाट थप चुनौती हुनसक्नेलाई पनि मध्यनजर गरेर सुरक्षा निकायले सुरक्षा प्रदान गर्ने तयारीमा रहेको प्रमुख थापाले बताए ।
प्रमुख थापाका अनुसार जिल्लाको विभिन्न नाकासहित मुख्य मुख्य चोकमा चौबिसै घण्टा चेकजाँचको कामदेखि आवश्यक्ताअनुसार खान तलासीसमेत गर्दै आएको छ । निर्वाचनका वेला उम्मेदवारलाई लक्षित गरी केही स्थानमा बम विस्फोटन गराएपछि उम्मेदवारलाई समेत सुरक्षा दिँदै आएको थापाको भनाइ छ ।
