तु खबरको साक्षात्कारमा वाम गठबन्धनका उम्मेदवार कृष्णप्रसाद दहालले भने – जनताले प्रतिगामीलाई जिताउँदैनन्
मकवानपुर, १४ मंसिर । वाम गठबन्धनका तर्फबाट मकवानपुर प्रतिनिधिसभा १ का उम्मेदवार कृष्णप्रसाद दाहालले मकवानपुरका सबै ठाउँमा वाम गठबन्धनले जित्ने बताएका छन् ।
तु खबरले आज गरेको साक्षातकार कार्यक्रममा बोल्दै उम्मेदवार दाहालले जहिले पनि नीति मूख्य हुने भन्दै वाम सरकार हुँदामात्र विकासका संभावनाहरु बढ्ने बताए । कार्यक्रममा उपस्थित पत्रकारहरुले तपाइ यसअघि पनि साँसद हुनुहुन्थ्यो, अब फेरि पनि तपाइले जित्दा मकवानपुरको विकासको ग्यारेन्टी कसरी गर्न सकिन्छ भनी सोधिएको प्रश्नमा दाहालले यो प्रश्न लोकतान्त्रिक गठबन्धनको उम्मेदवारलाई सोध्न आग्रह गरे ।

जनताले प्रतिगामी विचार बोकेकालाई जिताउने र अग्रगामी विचार बोक्नेलाई हराउँछन् भन्ने कुराको कल्पना आफूले नगरेको समेत दाहालको भनाई छ ।
वडा र गाउँपालिकालाई मजबुद बनाएर विकास गर्न सकिने धारणा दाहालले राखे । दाहालका अनुसार, गाउँगाउँमा एमाले सरकार हुँदा विकास भएको हो । मोटरबाटो, विद्युतीकरण सबै आफ्नो पार्टी सरकार हुँदा बनेको हो, दाहालले भने । दाहालले अरु जित्दा भन्दा आफूहरुले जित्दा नै विकास बढी भएको दावी गरे । यसबारेमा चित्त नबुझे बहस गर्न आउन पनि चुनौती दिए । ०५१ मा आफ्नो पार्टीको सरकार नबनेको भए र त्यसले ३ लाख बिनियोजन नगरेको भए अहिले कसरी विकास संभव हुन्थ्यो, उनले प्रश्न गरे ।
जसका विरुद्ध लामो समय संघर्ष भयो उसैसँग तालमेल गरिएको प्रसंग उठाउँदै दाहालले दमन गर्नेसँग मतदाता तथा कार्यकर्ता पीडामा रहेको स्पष्ट पारे ।
तु खबरका प्रधान सम्पादक गिरिजा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले नेता रामचन्द्र राई, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा र पत्रकार महासंघ मकवानपुरका कोषाध्यक्ष सुदिप शिवाकोटीलगायतकाको उपस्थिति थियो ।
