लोकतान्त्रिक गठबन्धनलाई जिताउनुहोस्, सुरुङमार्ग सरकारले बनाउँछ : प्रधानमन्त्री शेरबहादुर देउवा
मकवानपुर, १४ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवा मकवानपुरको थाहा नगरपालिकामा लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको चुनावी सभामा सहभागी हुन आइपुगेका छन् । उनले प्रमुख अतिथिको रुपमा बोल्दै मकवानपुरमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई भारी मतले विजयी गराउन आग्रह गरे ।
लोकतान्त्रिक गठबन्धनले जिते सुरुङमार्ग सरकारले नै बनाउने दावी समेत गरे । लोकतान्त्रिक गठबन्धन निर्वाचन क्षेत्र नं. २ चुनाव परिचालन समितिका संयोजक रघुरमण न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रधानमन्त्री देउवाले मकवानपुरलाई कृषि र पर्यटनको क्षेत्रको रुपमा विकास गरिने समेत बताएको पत्रकार सुजन विडारीले जानकारी दिएका छन् । उनका अनुसार, उम्मेदवारहरु डिना उपाध्यय, इन्द्रबहादुर बानियाँ, र कमल थापाले पनि आफ्नो भनाइ राखेका छन् ।



