आँखा चुनाव चिन्हमा मत माग्दै ध्रुबराज ढकाल
मकवानपुर, १४ मंसिर । प्रदेशसभा उम्मेदवार ध्रुबराज ढकाल घरदैलोमा व्यस्त छन् । मकवानपुरको प्रतिनिधिसभा २ को प्रदेशसभा (क) मा नयाँ शक्तिका तर्फबाट उम्मेदवार रहेका ढकालले आफू आफ्नो निर्वाचनमा क्षेत्रमा क्रियाशील रहेको बताएका छन् । हिजो ढकालले हुमाने, फाखेल, सिम्लाङ, कलंकीलगायतका क्षेत्रमा मतदातासित मत मागेका छन् ।
देशको र यो क्षेत्रको आर्थिकलगायतका समृद्धि नयाँ शक्तिको मूख्य एजेण्डा भएकाले विश्वासको मत दिन ढकालले मतदातालाई आग्रह गरेका छन् । अहिले निर्वाचनमा थुप्रै नेताहरु झुक्याउन आइरहेको बताउँदै त्यस तर्फ सचेत हुन ढकालले आग्रह गरेका छन् । चुनावी अभियानमा नयाँ शक्तिका सहसंयोजक ज्योति रायमाझी पनि सहभागी छन् । रायमाझीले समृद्ध नेपाल बनउने योजना नयाँ शक्तिको भएकाले सो एजेण्डा पूरा गर्न सबै हिसाबले सहयोग पुर्याउन र नयाँ शक्तिका उम्मेदवारलाई जिताउन अपिल पनि गरेका छन् ।
यसअघि ढकालले सोही निर्वाचन क्षेत्रका अन्य बिभिन्न स्थानहरुमा पुगेर मतदातासँग छलफल पनि गरेका छन् । चुनावको मुखमा पैसा, खाद्यन्न, लत्ताकपडाजस्ता चिजहरु बाँडेर जनतालाई लोभ देखाउनेहरुलाई जनता आफैले चिन्नु पर्ने ढकालले बताएका छन् ।
