थाहानगरलाई पर्यटकीय क्षेत्र बनाइने : डीना उपाध्याय
हेटौंडा, १४ मंसिर / नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा क्षेत्र नम्वर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले थाहानगरपालिकालाई पर्यटक स्थलको रुपमा विकास गर्ने बताइन् ।
लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्तर्गत बुधबार थाहानगरपालिका ५ स्थित साविक दामनको पिङ डाँडामा भएको कोणसभामा डिनाले आन्तरिक तथा बाह्य पर्यटकहरु मनोरञ्जन लिनको लागि दामन आउने भएकाले यस क्षेत्रलाई पर्यटक स्थलको रुपमा विकास गर्नुपर्ने औल्याएकी थिइन् । थाहानगरमा पर्यटकसँग सँगै रेमिट्यान्स पनि भित्रिने भएकोले देशको आर्थिक अवस्था पनि वृद्धि हुने डीनाले
बताइन् । राजनीतिमा महिला सहभागिता विशेष भूमिका रहन्छ’ डिनाले भने –मकवानपुर रहेको गाउँपालिकामा सुत्केरी महिलालाई निःशूल्क एम्बुलेन्सको व्यवस्था गर्ने गर्छौ ।’
प्रजातन्त्र पुर्नसंरचनापछि मकवानपु्रमा बामपन्थीहरुले निरन्तर जित्नै आएपनि विकास नभएको डिनाले बताइन् । संविधान र लोकतन्त्र जोगाउनको लागि काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले जित्नु आवश्यक रहेको उनको दाबी छ । प्रतिनिधिसभा क्षेत्र नम्बर २ क का प्रदेश सभा सदस्य उम्मेदवार यतिराज सापकोटाले मकवानपुरको उत्तरी क्षेत्रलाई पर्यटन तथा तरकारी उत्पादन पकेट क्षेत्रको रुपमा विकास गरिने बताए ।
नेपाली काँग्रेस मकवानपुरका निर्वतमान सभापति तथा क्षेत्र नम्बर २ निर्वाचन परिचालन समिति संयोजक रघुरमण न्यौपानेले लोकतन्त्रलाई संस्थागत गर्नका निम्ति भएपनि लोकतन्त्र गठबन्धनले जित्नु अपरिहार्य रहेको बताए । उनले मकवानपुरमा बाम गठबन्धनले गफ मात्र गरेर समय बर्बाद गरेको आरोप लगाएका छन् । बुधबार लोकतान्त्रिक गठबन्धनले कोणसभा तथा घरदैलो कार्यक्रम आयोजना गरेको थियो ।
नेपाली काँग्रेस थाहानगरपालिका–५ का सभापति भीमबहादुर लामाको अध्यक्षताम भएको कार्यक्रममा प्रदेश सभा २ क का निर्वाचन परिचालक जयराम लामिछाने, नेपाली काँग्रेस मकवापनुर २ नम्वर क्षेत्रीय सभापति इश्वरनाथ पौडेल, राप्रपा थाहानगरका सभापति हरेराम कार्कीलगायतको आतिथ्यता रहेको थियो । बुधबार चुनावी अभियान अन्तरर्गत लोकतान्त्रिक गठबन्धनले थाहानगरपालिका– ६ स्थित बज्रवाराहीमा कोणसभा तथा घरदैलो कार्यक्रम आयोजना गरेको थियो ।
