कुमारी मोक्तानलाई स्थानीयको प्रश्न : चुनाव जितेपछि गाउँ फर्किन्छौ कि फर्किन्नौ ?

तु खबर संवाददाता
२०७४ मंसिर १२, मंगलवार २०:१२

हेटौंडा,१२ मंसिर÷बाम गठबन्धनका मकवानपुर २(ख) प्रदेशसभा सदस्य उम्मेदवार कुमारी मोक्तानले भिमफेदी गाउँपालिकामा मंगलबार मतदाताको घरदैलोमा पुगेर मत मागेकी छिन् । उनले भिमफेदी गाउँपालिकास्थित भैँसे, निवुवाटार, आँपचौर र भिमफेदी बजार घरदैलो कार्यक्रम गरेकी हुन् ।
घरदैलोको क्रममा मतदाताहरुले यस क्षेत्रको समस्या र आश्यक विकास निर्माणका कामहरुबारे मोक्तानलाई जानकारी गराएका थिए । मत माग्न घरदैलो गरिरहँदा मोक्तानलाई चुनाव जितेपछि फर्किएर आउन आग्रह गरेका छन् । मोक्तानले मत दिएर बिजयी गराउन आग्रह गरेपछि स्थानीयले चुनाव जितेपछि नेताहरु गाउँ नआउने भएकाले उनलाई गाउँ आउँछौ कि आउँदैनौ भनी सोधेका छन् । उम्मेदवार मोक्तानले यस क्षेत्रको विकास र समृद्धिको पक्षमा आफु लागिपर्ने भन्दै जनताको बीचमा रहेर काम गर्ने प्रतिबद्धता जनाएकी छिन् ।
घरदैलो कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता प्रकाश पाण्डे,नेकपा एमालेकी नेतृ तथा जिल्ला समन्वय समितिकी उपाध्यक्ष भगवती पुडासैनी,युवा नेता तथा भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा,

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*