समृद्ध नेपाल बनाउने योजना नयाँ शक्तिसँगमात्र छ : बिजय
मकवानपुर । नयाँ शक्तिका तर्फबाट मकवानपुर प्रतिनिधिसभा २ का उम्मेदवार सोनाम सिं स्याङतान बिजय घरदैलो व्यस्त छन् । आज उनले मकवानपुरको मनहरी, रमनटार, सुनाचुरीलगायतका क्षेत्रमा घरदैलो गरेका छन् ।
उनीसँगै प्रदेशसभा उम्मेदवार प्रकाश मैनाली पनि घरदैलोमा सहभागी भएका छन् । बिभिन्न ठाउँमा घरदैलो गर्दै हिँडेका बिजयले यो देशमा नयाँ शक्तिले मात्र नयाँ तरिकाले आर्थिकलगायतका समृद्धि हाँसिल गर्न सक्ने दावी गरेका छन् । अन्य सबै दललाई जनताले हेरिसकेका छन्, नयाँ शक्तिलाई जनताले विश्वास गरे नेपाल समृद्ध बनाउने योजना नयाँ शक्तिसँग मात्र भएको उनको दावी छ ।
नयाँ शक्तिको उम्मेदवारको शैसियतमा आफू जहाँ जहाँ पुगियो, त्यहाँ त्यहाँ उल्लासपूर्ण वातावरण रहेको बताउँदै बिजयले नयाँ शक्तिलाई चुन्न जनता आतुर रहेको स्पट पारेका छन् । अन्य दललाई गालीगलौज नगरी नयाँ शक्तिले आफ्नो एजेण्डा जनतासम्म राख्दै आएको बताए । अरु दलको अहमतालाई समयले ठिक पार्ने दावी उनको थियो । सबै कुरा समय आएपछि जनताले बुझ्छन्, अहिले जति भ्रम छरेपनि केही हुन्न, उम्मेदवार स्याङतानले आज आयोजित कोणसभाहरुमा भने ।
