विकास गर्नेलाई मात्रै भोट : बानियाँ

तु खबर संवाददाता
२०७४ मंसिर १२, मंगलवार १९:०१

हेटौँडा, १२ मंसिर । प्र्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश २ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ईन्द्र्बहादुर बानियाँले अब मतदाताले आफ्नो क्षेत्रको विकास गर्ने उम्मेदवारलाई मात्रै भोट दिनेमा आफु ढुक्क रहेको बताएका छन् ।
लेवटमा मंगलबार भएको चुनावी प्र्रशिक्षण कार्यक्रममा बोल्दै बानियाँले विगतमा भोट दिएकाले काम नभई कुरामात्रै गरेकाले मतदाता रुष्ट बनेको भन्दै यसपटक विकास गर्न सक्ने उम्मेदवारलाई भोट दिने बताए । उनले सामाजिक सञ्जाल र संचारमाध्यमबाट मतदाताले गफमात्रै गर्ने बाम गठबन्धनका उम्मेदवारलाई चिनिसकेको बताउँदै यसपटक लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको दावि गरे ।
उनले विगतदेखि नै काम गरेकाले मतदाताहरुले आफुलाई मत दिने अठोट गरेको भन्दै मकवानपुरको २ वटै क्षेत्रमा लोकतान्त्रिक गठबन्धनप्रति मतदाताको आकर्षण बढेको बताए । कार्यक्रममा क्षेत्र नम्बर २ का अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*