पूर्वगृहराज्यमन्त्री बानियाँलाई टार्गेट गर्दै एकैदिन तीन ठाउँमा बम बिस्फोट

तु खबर संवाददाता
२०७४ मंसिर ९, शनिबार २१:४५

मकवानपुर, ९ मंसिर / पश्चिम मकवानपुरको मनहरी बजारमा रहेको प्रतीक्षालयमा शनिबार दिउ“सो करिब ४ बजे बम विस्फोट भएको छ । मनहरी बजारमा रहेको प्रतीक्षालयमा विष्फोट भएको हो ।
टाइम सेट गरेर राखिएको सुतली बम विष्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटमा मानवीय क्षति नभएको तर प्रतीक्षालयमा क्षति भएको छ । विस्फोटबाट प्रतीक्षालयको टिनको छानामा केही प्वाल परेका छन् । प्रतीक्षालयमा कोही नरहेका कारण मानवीय क्षति भने भएन ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय मनहरी र सशस्त्र प्रहरी बेसक्याम्प लच्काका प्रहरीहरु घटनास्थल पुगेका थिए । टाइम सेट गरी सानो आकारको सुतली बम निर्माण गरी प्रतीक्षालयमा राखेको पाइएको इलाका प्रहरी कार्यालय प्रहरी मनहरीका प्रहरी निरीक्षक चित्रबहादुर घलेले बताए । घटनापछि मनहरी बजारमा त्रास फैलिएको छ ।
शनिबार दिउ“सो बाम गठबन्धनको मनहरीस्थित मनकामना मन्दिरपरिसरमा जनसभा राखिएको थियो भने लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु पनि मनहरी नै केन्द्रित भएर कार्यक्रमहरु सञ्चालन गरिरहेका थिए ।
उम्मेदवार बानियाँको घरमा बम
पूर्व गृहराज्यमन्त्रीसमेत रहेका मकवानपुर प्रतिनिधिसभा, २ प्रदेशसभा –ख) का उमेदवार इन्द्रबहादुर बानियाँको घरमा बम विष्फोट भएको छ ।
शनिबार साँझ करिब साढे ६ बजे बानियाँ घरभन्दा ३० मिटर पर सुतली बम पड्कीएको नेपाली काँग्रेस जिल्ला सदस्य भीमसेन महतले जानकारी दिए । काँग्रेस मकवानपुर सभापतिसमेत रहेका बानियाँको घर नजिक मोटरसाइकलमा आएका व्यक्तिले बम विष्फोट गराएको हुनसक्ने आशंका गरिएको छ ।
विष्फोटबा घरमा कुनै क्षति भएको छैन भने त्यसताका बानियाँ चुनावी कार्यक्रममा व्यस्त थिए । त्यसैगरी हेटौंडा सानोपोखरा चोकमा पनि बम बिस्फोट भएको छ । पूर्व गृहराज्यमन्त्री रहेको बानियाँकै कार्यालयछेउ तीनताप्के र घरभन्दा केही पर सानोपोखरामा बम बिस्फोट हुनु संयोगमात्र होइन, स्रोत भन्छ, यो बानियाँजीलाई नै थ्रेट थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*