काँग्रेस सभालाई लक्षित गरी सकेट बम

तु खबर संवाददाता
२०७४ मंसिर ७, बिहीबार १३:२५
फाइल फोटो : दोलखा बजार ( गुगल)

चरिकोट, दोलखा, ७ मंसिर : नेपाली काँग्रेसको आमसभालाई लक्षित गरी राखिएको सकेट बम आज नेपाली सेनाले निष्क्रिय पारेको छ ।

सदरमुकाम चरिकोटस्थित सातदोबाटो नजिकै भीमेश्वर नगरपालिका– ६ को वडाकार्यालयको गटेमा राखिएको उक्त सकेट बम नेपाली सेनाको रणभीम गणको डिस्पोजल टोलीले निष्किृय पारेको हो ।

सकेट बम राखिएको स्थानमा काँग्रेसले आज आमसभाको आयोजना गरेको छ । उक्त आमसभालाई काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडले सम्बोधन गर्ने कार्यक्रम छ ।

स्थानीयवासीले शंकास्पद वस्तु देखेपछि खबर गरेका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।

– रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*