‘आमा’ सेमिनारमा थामिएन आँशु

तु खबर संवाददाता
२०७४ मंसिर ६, बुधबार ०८:१५

मकवानपुर, ६ मंसिर । मकवानपुरमा आमा सेमिनार भएको छ । सर्वोत्कृष्ट जीवनः शाश्वत चिन्तन र मानवसेवा आश्रमले संयुक्त रुपमा हेटौँडाको ओम्याक्स हलमा सेमिनार आयोजना गरेको हो ।

आमा सेमिनारमा सहभागी बृद्ध, विद्यार्थी, युवासम्मका व्यक्तिहरुको आँशु थामिएन । आमाको स्नेहका बारेमा वक्ताहरुले बोलिरहँदा सबै राएका थिए । कार्यक्रमको उद्देश्य हरेक छोराछोरीलाई मातृत्वको बोध गराई पछिल्लो समय आमाबुबा र छोराछोरीवीच खस्कीदै गएको सम्बन्धमा सुमधुरता कायम गराउने रहेको आश्रमले जनाएको छ ।

सेमिनारमा आमाको त्याग, पीडा, रोदन सम्बन्धी भिडियो र बिचार सुनेर सहभागीहरु रोएका हुन् । कार्यक्रममै सर्वोत्कृष्ट जीवनः शाश्वत चिन्तनका केन्द्रिय सचिव एवम् मानवसेवा आश्रमका प्रमुख रामजी अधिकारीले जिवन उपयोगी, प्रेरणादायी र आमाको सम्मानदायक प्रस्तुती दिएका थिए ।

कार्यक्रममा आमा सम्बन्धी नाटक पनि प्रस्तुत गरिएको थियो । नाटकमा भुवनसिंह परियार, सञ्जिता गौतम, गंगा नेपाली लगाएतले अभिनय गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडाशैनी, जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्का, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष किताव सिंह लामा, १० नं. वडा अध्यक्ष लक्ष्मण भण्डारी, उपमहानगरपालिकाका वातावरण तथा शहरी विकास महाप्रवन्धक वि.के महर्जन, समाजसेवी अंकिता सुमार्गी, मकवानपुर होटल एशोसिएशनका अध्यक्ष भागीरथ शर्मा लगाएतको आतिथ्य रहेको थियो ।

२०६९ भाद्रदेखि सञ्चालित मानवसेवा आश्रम मकवानपुरसहित काठमाडौं, चितवन, ललितपुर, बाग्लङ्गु, गोरखा, लम्जुङ्ग र पर्सा गरि ८ जिल्लामा सञ्चालित छ । हेटौंडा–९, लामसुरेमा आवाससहितको भवन निर्माणको क्रममा छ भने हेटौंडाकै नेवारपानीमा पनि भवन निर्माण भईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*