हेटौँडावासीलाई राजनीतिक दलप्रति अविश्वाश छ–मैनाली
हेटौँडा, ५ मंसिर । नयाँ शक्ति पार्टी, नेपाल मकवानपुरको प्रदेशसभा क्षेत्र नम्वर १ को क बाट आफ्नो उम्मेदवारी दिएका राजन मैनाली मकवानपुरका विभिन्न स्थानमा घरदैलो अभियानमा व्यस्त छन् । मतदाता समक्ष पुगेका मैनालीसँग हेटौंडाका जनताले राजनितिक दलप्रति अविस्वाश रहेको बताएका छन् । साथै चुनाव जितेपछि फर्किएर नआएको आक्रोश समेत पोखेका छन् ।
चुनाव प्रचार प्रसारका लागि जनताको घरआँगनमा पुगेका मैनालीले हेटौंडा ४ मा एक भेलाको आयोजना गरी आफुले जितेको खण्डमा विकास र समृद्धिको लागि लागि पर्ने आश्वासन दिए । यस अगाडिको चुनावमा संम्लग्न नभएको र जनताको नेतृत्व गर्ने अवसर समेत नपाएको कुरा स्मरण गर्दै यसपालि आफुलाई एकपटक अवसर दिन समेत उनले आग्रह गरे । कार्यक्रममा बोल्दै उनले आफु करीब २० बर्ष देखि समाज सेवामा सक्रिय रहेको साथै राजनितिक क्षेत्रमा समेत निस्वार्थ रुपमा लागेको बताए ।
उनले हालको राजनितिक परिवेशमा राजनितिक दलका नेताहरुलाई आवश्यकता भन्दा बढि सम्मान गर्ने खादा ओढाउने १०० किलो सम्मको माला लगाउने वाहियात प्रचलन प्रचलन रहेको बताउदैं आफु निर्वाचित भएको खण्डमा पनि एक थुङ्गा फुल मात्र स्वीकार गरी समाज सेवामा लाग्ने प्रतिबद्धता जनाए ।
