माओवादी अध्यक्ष प्रचण्ड नर्भिक अस्पतालमा
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड नर्भिक अस्पताल पुगेका छन् । उनीसँगै प्रकाशका आमा सिता दहाल पनि अस्पताल पुगेका छन् ।
आज बिहान हृदयघातका कारण प्रकाश दहालको निधन भएपछि झापामा रहेका प्रचण्ड हेलिकप्टरबाट काठमाडौँ आइपुगेका हुन् । बिरामी परेपछि प्रकाश बुबा प्रचण्डसित झापा गएका थिएनन् । हिजो राति जाउलो खाएर सुतेका प्रकाशलाई सिता दहालले बिहान बेहोस अवस्थामा भेटेकी थिइन् । सन्तु दराई परवानाले प्रकाशलाई गाडीमा हालेर नर्भिक पुर्याएका थिए ।
