दुई पुरुष मृत अवस्थामा फेला
तनहुँ, २२ कात्तिक । तनहुँको आबुखैरेनी गाउँपालिका–२ मार्कीचोक स्थित मस्र्याङदी नदीको ड्याममा मंगलबार दुई पुरुषको शव फेला परेको छ ।
हालसम्म नाम,थर,वतन खुल्न नसकेका अन्दाजी ३५ र ४० बर्षीय २ जना पुरुष मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । यस सम्बनधमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
