ईन्धन बोक्ने ट्याङ्करको क्यालिब्रेशन हेटौँडामा हुने
हेटौँडा, १० कात्तिक । ईन्धन बोक्ने ट्याङ्करको वजको जाँच गर्ने कार्य अर्थात क्यालिब्रेशन हेटौँडामै हुने भएको छ । यस अघि भारतमा रहेको भारतीय आयल निगमले क्यालिब्रेशन गर्दै आएको थियो ।
नेपाल गुणस्तर तथा नापतौल विभागले हेटौँडामा क्यालिब्रेशन जाँचको लागि भौतिक पूर्वाधार निर्माण गरेसँगै आगामी दिनमा ट्याङ्करको क्यालिब्रेशन जाँच नेपालमै हुने भएको आज प्रकाशित ‘प्रदेश दैनिक’मा समाचार प्रकाशित छ ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले हेटौँडामा अत्याधुनिक प्रविधि सहितको क्यालिब्रेशन युनिट तयार भइसकेको बताएका छन् । सम्भवत कात्तिक महिनादेखि नै संचालनमा आउने पनि उनले जानकारी दिए ।
