समाचार

बच्चाको विषयमा झगडा हुँदा रामको मृत्यू

रौतहट, १८ चैत । गरुडा नगरपालिका–७ पिपरिया दोस्तिया बस्ने ४० बर्षीय राम किशोन यादबको कुटपिटबाट मृत्यु भएको छ । मृतक राम किशोन र सोही ठाउँ बस्ने ३२ बर्षीय मनोज यादब बीच आइतबार बच्चाको बिषयलाई लिएर झैझगडा हुँदा टाउकोमा गम्भीर चोट लागेर घाइते भएका राम किशोनको हेल्थ केयर अस्पताल बिरगंजमा...

३० जना प्रहरीलाई विपद व्यवस्थापन आधारभूत तालिम

काठमाडौं, १८ चैत । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्ववाधानमा विपद व्यवस्थापन महाशाखा सामाखुशीमा संचालित तेस्रो समूहको विपद व्यवस्थापन आधारभूत तालिम समापन भएको छ । कार्यक्रमका प्रमुख अतिथि विपद व्यवस्थापन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नारायण सिंह खड्काले आइतबार आयोजित एक समारोहबीच प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गर्दै विपद...

सचेतना जगाउन स्टेसन टाँस्दै प्रहरी

धनुषा, १८ चैत । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र नबिल फाउण्डेसनको सहकार्यमा जनकपुर उप–महानगरपालिका स्थित पिडारी चोकमा शनिबार आयोजित एक समारोह विच विभिन्न सार्वजनिक यातायात, नगरबस तथा ई–रिक्साहरुमा सचेतनामूलक सन्देशहरु भएका स्टिकर टाँस गर्ने कार्यक्रम सम्पन्न भएको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी...

ब्रम्हकुमारले दिए ध्यान तथा योग शिविरमा प्रशिक्षण

काठमाडौँ, १८ चैत । ब्रम्हकुमारी राजयोग सेवा केन्द्रद्धारा आइतबार प्रहरी प्रधान कार्यालय परिचालन कक्ष हलमा ३ दिने ध्यान तथा योग शिविर संचालन गरिएको छ । ब्रम्हकुमारी राजयोग सेवा केन्द्रका प्रशिक्षक ब्रम्हकुमार राजु घलेले प्रशिक्षण दिनुभएको उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्याल, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष सीमा अर्याल लगायत...

अब २० हजारले पाउनेछन् रोजगारी

काठमाडौँ, १८ चैत । नेपालमा अब करिब २० हजार युवाले रोजगारी पाउने अवस्था भएको छ । चालु आर्थिक वर्षको ८ महिनामा ३ सय २ वटा नयाँ उद्योग दर्ता भएपछि २० हजारले प्रत्यक्ष रोजगारी पाउने भएका हुन् । ती सबै उद्योगहरुले प्रत्यक्ष रोजगारी दिने उदेश्यका साथ आवेदन दिएकाले रोजगारीको अवसर...

प्रधानमन्त्री ओलीद्वारा गार्मेन्ट प्रशोधन केन्द्रको शिलान्यास (फोटो फिचर)

वीरगञ्ज, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–४ औराहामा निर्माण हुन लागेको गार्मेन्ट प्रशोधन केन्द्रको आज शिलान्यास गरेका छन् । औराहामा निर्माण हुन लागेको सो प्रशोधन केन्द्र ८ सय ४३ बिगाह क्षेत्रफलमा फैलिएको छ । नेपाल सरकारको विशेष आर्थिक क्षेत्र प्राधिकरण कार्यक्रमअन्तर्गत करीब रु...

द्वन्दका समयमा गाढिएको शव चौध वर्षपछि निकालियो

दैलेख, १८ चैत । चौध वर्ष पछि आफन्तको शव प्राप्त गर्दा परिवार र आफन्तलाई कस्तो होला ? अवश्य पनि यो पिडादायी क्षणको हामी सहजै अनुमान लाउन सक्छौँ । १४ वर्ष पछि नै सहि दैलेखको महावु गाउँपालिकामा आफन्तको शव उत्खनन् गरिएको छ । तत्कालीन द्वन्द्वका समयमा नेपाली सेनाले पक्राउ गरी...

हेटौँडामा ३० जनाले गरे रक्तदान

हेटौँडा, १८ चैत । ६१ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आज हेटौडामा ३० जनाले रक्तदान गरेका छन् । मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा ८ जना महिला र २२ पूरुष गरी ३० जनाले रक्तदान गरेका थिए । चैत्र २० गते मनाउने राष्ट्रिय सहकारी...

मेलम्ची खानेपानी आयोजनामा मुख्यमन्त्री पौडेलको टोली

काठमाडौँ, १८ चैत्र । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलको टोलीले निकै नै चर्चा भए पनि लामो समयदेखि पुरा नभएको मेलम्ची खानेपानी आयोजनाको आज अनुगमन गरेका छन् । काठमाण्डौँको खानेपानी समस्यालाई कम गर्नको लागि निकै महत्वपूर्ण योजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको विषयमा चासो देखाउँदै मुख्यमन्त्री पौडेलले आयोजनाको...

अटेरी कर्मचारीमाथि मुख्यमन्त्री पौडेलको आक्रोश–‘संघीयतामाथि ठाडो चुनौति दिँदै फेल गर्ने षड्यन्त्र’

काठमाडौँ, १८ चैत । कार्य क्षेत्र तोकिसक्दा पनि अटेर गरेर जता सजिलो त्यतै बस्ने कर्मचारीहरुमागिथ प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले आक्रोश पोखेका छन् । मेलम्ची खानेपानी आयोजना विकास निर्माण उपभोक्ता समिति सुन्दरीजलको सामुदायिक भवनको शिल्यानास गर्दै मुख्यमन्त्री पौडेलले कर्मचारीहरुले संघियतालाई आत्मासाथ गर्नै नसकेको बताए । कर्मचारीतन्त्रको जालो...