समाचार
सिसी क्यामरा जडान गर्न देउसीभैलो
तनहुँ । रमाइलोका लागि मात्र नभई विभिन्न सामाजिक कार्यका लागि देउसीभैलो खेल्नेक्रम बढेको छ । पछिल्लो समय तिहारमा खेलिने देउसीभैलोलाई विभिन्न सङ्घसंस्थाले सामाजिक कामसँग जोड्न थालेका छन् । व्यास नगरपालिका–२ अमरसिंह मार्ग टोल विकास संस्थामा आबद्ध स्थानीयवासीवासीले टोलमा सिसी क्यामरा जडानका लागि देउसीभैलो खेलेर रकम सङ्कलन गरेका छन् ।...
पर्यटनको सम्भावना बोक्दै ‘टापुधाम’
रोल्पा । रामपुर उपत्यका भित्रिने पूर्वी नाकामा अवस्थित टापुधामले पर्यटनको सम्भावना बोकेको छ । कालीगण्डकीको आडैमा रहेको सो धाम प्राकृतिक रुपमा अत्यन्तै सुन्दर र मनमोहक छ तर पर्यटन विस्तारका कामले फड्को मार्न भने सकेको छैन । कालीगण्डकीको तट रामपुर नगरपालिका–१ स्थित खटाङमा रहेको यो क्षेत्र प्रकृतिको अपार सुन्दरताले भरिपूर्ण...
छठ पर्व विधिवत् सुरु, आज ‘नहाय–खाय’
मिथिला क्षेत्रमा छठ पर्वको रौनक छाएको छ । सूर्य उपासनाको महापर्व छठका तयारीमा मिथिला क्षेत्रका जनजन परिचालित देखिँदा छन् । पर्वको प्रारम्भ व्रतालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । यसो त कात्तिक शुक्ल तृतीयाकै दिन व्रतालुले उसिनेको चामल, कोदो, मुसुरो, माछा मासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने...
देशका विभिन्न भू–भागमा हिमपातको संभावना
हाल नेपालमा अरब सागरमा विकसित भइरहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको छ । सोमबार देशका प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहने छ। प्रदेश नं १ र गण्डकी...
मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिने
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज विश्वासको मत लिने भएका छन् । नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता पाण्डे गएको कात्तिक ४ गते चार दलीय संयुक्त गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको पहिलो बैठकले नै कात्तिक २२ गते मुख्यमन्त्रीले विश्वासको मत लिने बारे...
मुख्यमन्त्री पाण्डेले भोलि विश्वासको मत लिने
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले भोलि कात्तिक २२ गते विश्वासको मत लिने भएका छन् । नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता पाण्डे गएको कात्तिक ४ गते चार दलीय संयुक्त गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको पहिलो बैठकले नै कात्तिक २२ गते मुख्यमन्त्रीले विश्वासको...
ताप्लेजुङमा एम्बुलेन्स दुर्घटनाः एक जनाको मृत्यु, ६ जना घाइते
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सञ्चालन गरेको मे १ झ ३१७० नं को एम्बुलेन्स दर्घटना हुँदा एक महिलाकोे मृत्यु भएको छ । शनिबार राति मैवाखोलाको मिल्केडाँडामा सो एम्बुलेन्स दुर्घटना भएको थियो । त्यसमा परेर मैवाखोला–२ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।...
सल्लानमा बस दुर्घटना, १२ जनाको मृत्यु
सल्लान । सल्लानको कपुरकोटमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । उनीहरुमध्ये ९ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा दाङको बबई गाउँपालिका–६ कि ६० वर्षकी दैली चलाउने, बबई गाउँपालिका–५ कि ६५ वर्षकी कलादेवी बुढाथोकी, सल्यानको छत्रेश्वरी गाउँपालिका–१ का तिलक वली, सल्यानकै शारदानगर...
रात्री बस काल बनेर आएपछि…
मकवानपुर । शनिबार भाइटिकाको दिन, रातको ८ः३० बजेको थियो । हेटौंडा उपमहानगरपालिका वडा नम्वर– १९ नेवारपानीमा देउसी भैलो खेलिँदै थियो । ७/८ घरलाई लक्षित गरेर सो कार्यक्रम आयोजना गरिएको थियो । नेपाली लोक संस्कृति झल्कने पोशाकमा मर्यादित ढंगबाट देउसी भैलो देलिँदै थियो । चारैतिर स्थानीयको बाक्लो उपस्थिति थियो ।...
नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग
नेपाली कांग्रेस बैतडीको नाममा नक्कली फेसबुक आइडी बनाइएको आरोप लगाउँदै नेपाली कांग्रेस बैतडीले आपत्ति जनाएको छ । उक्त आइडीबाट पार्टीका जिल्ला उपसभापति चतुरबहादुर चन्दको चरित्र हत्या गरिएको आरोप लगाउँदै आसन्न अधिवेशनमा जिल्ला सभापतिका लागि उम्मेदवार रहनुभएका चन्दको नाममा केही समयदेखि उक्त आइडीबाट चरित्र हत्या गर्ने किसिमका व्यहोरा पोष्ट भइरहेकाले...








