राजनीति/ समाज
कारागारबाट रिहा भए दिपक मनाङे
काठमाडौं । गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे भनी चिनिने राजीव गुरुङले कैद सजाय भुक्तान गरेर छुटेका छन् । ज्यान मार्ने उद्योग दोषी ठहर भई डिल्लीबजार कारागार चलान भएका मनाङे कैद भुक्तान गरेर बुधबार छुटेका हुन् । चक्रे मिलन भनिने गुन्डा नाइके मिलन गुरुङमाथि विसं २०६१ वैशाख ३१ मा...
समानुपातिक मतगणना अन्तिम चरणमा, रास्वपाले पायो ४७.८६ प्रतिशत मत
काठमाडौं । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ परेको मतगणना अब अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार १ करोड ७ लाख ३० हजार ५५१ मत गणना गरिएको छ। पछिल्लो मतगणना अनुसार रास्वपा (घण्टी) ले ५१ लाख ३५ हजार ६२१ अर्थात ४७.८६ मत प्राप्त गरेको छ। यस अनुसार पार्टीको सम्भावित...
धनुषा–१ को विवादबीच आयोगले मातृकाप्रसाद यादवलाई दियो विजयी प्रमाणपत्र
ठमाडौँ । धनुषा–१ को प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित विवादमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेपछि निर्वाचन आयोगले नेकपा उम्मेदवार मातृकाप्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलले आफ्नो उम्मेदवारी खारेज गरिएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।...
समानुपातिकतर्फ रास्वपाको ऐतिहासिक अग्रता, चार दलले गरे थ्रेसहोल्ड पार
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऐतिहासिक अग्रता कायम गरेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रास्वपाले झण्डै आधा मत प्राप्त गर्दै अन्य परम्परागत दलहरूलाई निकै पछाडि पारेको छ। हालसम्म करिब ८३ लाखभन्दा बढी मत गणना...
एमाले मकवानपुरमा अध्यक्षको जिम्मेवारी हिदम लामालाई
नेकपा एमाले मकवानपुरको कार्यबाहक अध्यक्षमा हिदम लामा चयन भएका छन् । उपाध्यक्षको भूमिकामा रहेका लामालाई अध्यक्ष श्रीधर पोख्रेलले राजिनामा दिएपछि आज बसेको सचिवालय बैठक अध्यक्ष चयन गरेको हो । ११औं अधिवेशनबाट निर्वाचित मकवानपुर अध्यक्ष पोख्रेलले निर्वाचनमा पार्टीको पराजय र नेतृत्वप्रति प्रश्न उठाउँदै राजिनामा घोषणा गरेका थिए । भीमफेदी गाउँपालिकाको...
समानुपातिकतर्फ ४४ लाख मत गणना: रास्वपाको २१ लाख मतसहितअग्रता
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ मतगणना तीव्र गतिमा अघि बढिरहेको छ। हालसम्म ४४ लाखभन्दा बढी मत गणना भइसकेको छ। निर्वाचन आयोगका अनुसार अहिलेसम्म ४४ लाख १ हजार ९३३ मत गणना सम्पन्न भएको छ। हालसम्मको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै मत प्राप्त गर्दै अग्रता कायम राखेको छ। राष्ट्रिय...
जेनजी आन्दोलनबारे जाँचबुझ आयोगको प्रतिवेदन सरकारलाई बुझाइयो
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटना, दमन तथा मानवीय र भौतिक क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको तीन सदस्यीय आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो। आयोगका अध्यक्ष कार्कीसहित सदस्य...
जेनजी आन्दोलन छानबिन आयोगको प्रतिवेदन आज सरकारलाई बुझाइँदै
काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरिएको उक्त आयोगले आइतबार बिहान ११ बजे सरकारलाई प्रतिवेदन बुझाउने समय तय भएको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाएको छ।...
मकवानपुको दुबै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी
मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार प्रशान्त उप्रेती विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार महेशकुमार बर्तौलालाई १२ हजार १०१ मतान्तरले पराजित गरेका हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार, उप्रेतीले ३१ हजार ७२५ मत प्राप्त गरे भने बर्तौलाले १९ हजार ६२४ मत पाए। नेपाली कांग्रेसका...
चितवन २ बाट रवि लामिछाने प्रतिनिधिसभा सदस्यमा विजयी
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।उनी ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् । लामिछाने ३९ हजार ४६८ मतान्तरले सहित विजयी भएका हुन् । यस पटक निर्वाचित भएसँगै उनी तेस्रो पटक संसदमा पुगेका हुन् । उनको निकटतम्...







