राजनीति/ समाज
३ नम्बर प्रदेशको मूख्यमन्त्री मै हुन्छु : ईन्द्रबहादुर बानियाँ (भिडियो सहित)
मकवानपुर, २३ कात्तिक । नेपाली काँग्रेसका मकवानपुर सभापति तथा आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा मकवानपुर प्रदेश नं. २ को २ बाट लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँले आफू निर्वाचित भएमा ३ नम्बर प्रदेशको मूख्यमन्त्री वा विपक्षी दलको नेता बन्ने दावी गरेका छन् । तु खबरसँग आज बिहीबार भिडियो...
घरदैलो गर्दै नयाँ शक्ति नगर र गाउँमा, राजन मैनालीलाई टोलवासीले साथ दिने
मकवानपुर , २२ कात्तिक । नयाँ शक्ति पार्टी नेपालका उम्मेदवारहरु चुनावी अभियान लिएर मकवानपुरका विभिन्न स्थानहरुमा पुगेका छन् । नयाँ शक्तिका प्रदेशसभा क्षेत्र नम्बर १ को (ख) का उम्मेदवार राजन मैनालीले आफ्नै टोलमा आज भोट माग्न पुगेका छन् । उनले हेटौँडा नगरपालिकाको ४ नम्बर वडास्थित प्रजातान्त्रिक टोल र एकता...
भैरवडाँडालाई पर्यटकीय क्षेत्र बनाउन पहल गर्ने प्रतिबद्धत्ता
मकवानपुर, २२ कात्तिक । मकवानपुरको भैरवडाँडालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य सहित कार्य गरिने नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले प्रतिबद्धत्ता जाहेर गरेकी छिन् । हेटौँडा १० बाट भैरवडाँडा जोड्न केवुलकार निर्माणको लागि पहल गर्दै पर्यटकीय सम्भावना रहेको...
घोषणापत्र : नयाँ कि पुराना ?
काठमाडौँ, २२ कात्तिक । निर्वाचन नजिकिएसँगै विभिन्न पार्टीहरुले आ–आफ्ना एजेण्डासहितको घोषणापत्र सार्वजनिक गरेका छन् । ती घोषणापत्रहरुमा वास्तवमा के छ ? त्यसका बारेमा आज प्रकाशित ‘नयाँ पत्रिका’ ले विश्लेषणात्मक समाचार छापेको छ । दैनिकले घुमिरहने उनै एजेन्डा भनेर दलहरुले दोहोराएका तर पुरा हुन नसकेका केही घोषणाहरुको चिरफार समेत गरेको...
कार्यकारी राष्ट्रपतिको परिकल्पनाबिहीन बाम गठबन्धनको घोषणापत्र
काठमाडौँ, २१ कात्तिक । बाम गठबन्धन बनाएर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४ मा सहभागी भएका एमाले र माओवादी केन्द्रको घोषणापत्रमा कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीबारे कुनै कुरा उल्लेख भएको छैन । कार्यकारी राष्ट्रपतीय प्रणाली हुने भएपछि नयाँ शक्ति संयोजक डा. बाबुराम भट्टराई बाम गठबन्धनमा सहभागी भएका थिए । उनी बाहिएसँगै...
प्रतिवद्धता पत्र गाउँ गाउँमा पुराउँदै बानियाँ : गाँजा खेतीको विकल्पदेखि चेपाङ संग्रहालय र वैकल्पिक सडक निर्माणसम्म
मकवानपुर, २१ कात्तिक । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले आफ्नो प्रतिवद्धता पत्र गाउँ गाउँमा पुर्याएका छन् । अन्य उम्मेदवार आप्mनो चुनावी रणनीति बनाउन अलमलमा रहेका बेला उम्मेदवार बानियाँले भने आप्mनो १८ बुँदे संक्षिप्त प्रतिवद्धता पत्र गाउँ गाउँमा पराएका हुन् । मनोनयन दर्ता...
यस्तो आयो राप्रपाको चुनावी घोषणापत्र (घोषणा पत्र सहित)
काठमाडौँ, २१ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । राप्रपाले आगामि मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि मंगलबार घोषणापत्र जारी गरेको हो । घोषणापत्रमा राप्रपालाई सुस्पष्ट विचार भएको र अलग पहिचान बोकेको दल भएको दाबी गर्दै राप्रपालाई भोट हाल्नुपर्ने कारणहरु खोलिएको छ...
विप्लबका नेता गोकुलको माओवादी नेता पुलामीलाई फेसबुकबाटै दनक
मकवानपुर, २० कात्तिक । विप्लवका नेता गोकुल दहालले माओवादी केन्द्र तथा एमालेका तर्फबाट निर्वाचन क्षेत्र नम्बर १ (क) का उम्मेदवार प्रेमबहादुर पुलामीलाई इंगित गर्दै फेसबुकमा स्टाटस लेखेका छन् । निकै छेडछाड गर्दै उनले पुलामीलाई गाइवालाले रुखको टुप्पो काट्न हँसियाँको सहायता लिने संकेत देखिएको लेखेका छन् । काँग्रेसले राप्रपाला्रई सहयोग...
एमाले प्रवेश गरेका गिरिजा र अमृत जिल्ला सदस्य मनोनित
हेटौंडा, २० कात्तिक । अनेरास्ववियु मकवानपुरको सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले निर्वाचन परिचालनको लागि जिम्मेवारी बाँडफाँड गर्नुका साथै नयाँ शक्त्ती बिद्यार्थी युनियन, राप्रबिसं लगाएतको संघस्ंगठनबाट अनेरास्ववियुमा प्रवेश गरेका बिद्यार्थीहरुलाई जिम्मेवारी प्रदाग गरेको छ । नयाँ शत्ती बिद्यार्थी युनियनका केन्द्रिय सदस्य गिरिजा अधिकारी, जिल्ला अध्यक्ष अमृत वर्तौला, जिल्ला...
अशोक शाक्य बाजी मार्ने दौडमा
हेटौंडा, २० कात्तिक । अशोक शाक्य, नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभा क्षेत्र नम्बर १ को (ख) बाट उम्मेदवार भएका छन् । राजनीतिमा लामो कालखण्ड काम गरेका शाक्य पहिलो पटक उम्मेदवार भएका हुन् । २०२२ मा जन्मिएका शाक्य २०३६ नेपाल विद्यार्थी संघको मकवानपुर उपाध्यक्ष थिए । काँग्रेसको नगर सभापति, जिल्ला...








