राजनीति/ समाज

हेटौँडामा भोट माग्दै लामिछाने र मैनाली

हेटौँडा, ३० कात्तिक । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि नयाँ शक्ति पार्टी, नेपालका उम्मेदवाहरु गाउँका साथै हेटौँडा बजारमा समेत घरदैलो गर्दै भोट माग्न व्यस्त छन् । पार्टीका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार प्रल्हाद लामिछानेको नेतृत्वमा प्रदेशसभा क्षेत्र नम्बर १ को ख का उम्मेदवार राजन मैनालीसहितको टोली...

बाम गठबन्धनको दुई तिहाई मत आउने खतिवडाको दाबी

भिमफेदी ३० कात्तिक । नेकपा एमालेका केन्द्रिय सदस्य एबम् बामगठबन्धनका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार बिरोध खतिवडाले आसन्न संघ र प्रदेश निर्वाचनमा संयुक्त बाम गठबन्धनले दुई तिहाई मतका साथ विजयी हुने दाबी गरेका छन् । बिहिबार भिमफेदी गाउँपालिकाको १ र २ नम्बर वडाले गरेको संयुक्त चुनाबी...

देउवा र कमल थापाको दिन सकियो– दाहाल

हेटौँडा, ३० कात्तिक । बाम गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार कृष्णप्रसाद दाहालले अब नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपाका अध्यक्ष कमल थापाको दिन सकिएको बताएका छन् । बिहिबार हेटौंडा १५ मा बामगठबन्धनको चुनाब प्रचार प्रसार कार्यालय उद्घाटन गर्दै उम्मेदवार दाहालले नेपाली काँग्रेस र राप्रपाको दिन...

लोकतान्त्रिक गठबन्धनले जिते मकवानपुरको मुहार फेरिने दाबी

मकवानपुर, ३० कात्तिक । आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभाका निर्वाचनको लागि लोकतान्त्रिक गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार एवं नेपाली काँग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यक्ष डीनाले लोकतान्त्रिक गठबन्धनले जितेपछी मकवानपुरको मुहार फेरिने दाबी गरेकी छिन् । बुधबार कैलाश गाउँपालिकाको १० नम्बर वडास्थित भाल्टारमा भएको चुनावीसभालाई सम्बोधन गर्दै...

लोकतान्त्रिक महिला संघको प्रचारप्रसार समिति गठन

हेटौँडा, ३० कात्तिक । नेपाली काँग्रेस निकट नेपाल महिला संघ र राप्रपा निकट महिला संगठनको संयुक्त भेला हेटौँडामा सम्पन्न भएको छ । भेलाले लोकतान्त्रिक गठबन्धनको प्रचारका लागि संयुक्त निर्वाचन प्रचार प्रसार समिति समेत गठन गरेको छ । नेपाल महिला संघ मकवानपुरकी जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठको संयोजकतत्व र राप्रपा निकट...

संयुक्त जिल्ला शिक्षक समितिको भेला सम्पन्न

हेटौँडा, ३० कात्तिक । नेपाल शिक्षक संघ एवं नेपाल शिक्षक परिषदको संयुक्त बैठक बुधबार सम्पन्न भएको छ । लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्र्तगत प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्रका उम्मेदवारलाई सहयोग गर्ने उदेश्यकासाथ संयुक्त जिल्ला शिक्षक समिति गठन गरिएको छ । नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष राम कुमार अधिकारीको संयोजकतत्व र...

सिन्धुपाल्चोकको चुनावी एजेण्डा : पर्यटन विकास

– आदित्य दाहाल मेलम्ची, ३० कात्तिक । सिन्धुपाल्चोक जिल्लाको पर्यटन विकास र प्रवद्र्धनलाई मुख्य चुनावी एजेण्डा बनाएर अहिले दलहरू मतदाताको घरघरमा पुग्न थालेका छन् । भूगोलको हिसाबले पनि मेलम्ची, ज्यामिरे, पाँचपोखरी, भोटेचौर र हेलम्बुलगायतका क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पर्यटन व्यवसायबाट मेलम्ची क्षेत्रको विकास गर्ने...

नेकपाको नेता भएको आरोपमा खैराङबाट सूर्य अर्याल पक्राउ

मकवानपुर, ३० कात्तिक । मकवानपुर प्रहरीले राक्सिराङ गाउँपालिका वडा नं. ९ बाट सूर्य अर्याललाई पक्राउ गरेको छ । नेकपाको नेता भएको र चुनावमा असर पार्न सक्ने भन्दै जिल्लाबाट गएको टोलीले खैराङबाट अर्याललाई पक्राउ गरेको खैराङस्थित स्थानीय स्रोतले जनाएको छ । आज खैराङको कात्तिकेमा औसीको मेला लाग्ने गर्दछ । आमा...

झापामा सबैको चुनावी मुद्दा ‘हात्ती नियन्त्रण’

– चन्द्रकला भण्डारी काँकडभिट्टा, ३० कात्तिक । झापाका बहुसंख्यक बासिन्दा जंगली हात्तीको समस्याबाट पिरोलिएका कारण आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा मतदाता फकाउन ‘हात्ती नियन्त्रण’ मुख्य मुद्दा बनेको छ । झापामा कुल पाँचलाख ८५ हजार २२८ मतदाता रहेका छन् । त्यसको लगभग आधा अर्थात दुई लाख ४४ हजार मतदाता प्रत्यक्षरुपमा...

शेरबहादुरलाई भेटेको र बर्षमान पुनमाथि गोली हानेको कुरा हावादारी : नेकपा प्रवक्ता प्रकाण्ड

काठमाडौं, ३० कात्तिक । नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीका कसैले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई नभेटेको जनाएको छ । सो पार्टीका प्रवक्ता तथा स्थायी समिति सदस्य प्रकाण्डले नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवले शेरबहादुर देउवालाई भेटेको भन्ने कुरा निराधार भएको बताएका हुन् । उनले नेकपाको बद्नाम हुने गरी हावादारी समाचार...