अर्थ/वाणिज्य
मूल्य वृद्धिको विरोधमा मउवा संघले मुख खोल्यो
मकवापनुर, २३ पुस । पछिल्लो समयमा छड, सिमेन्ट तथा अन्य अत्यावश्यक वस्तुहरुमा अकश्मात मूल्य वृद्धि भएपछि मकवानपुर उद्योग वाणिज्य संघले आवाज उठाएको छ । संघका नवनिर्वाचित अध्यक्ष कृष्ट कटुवालद्वारा हस्ताक्षरित विज्ञप्तिमा बैंक व्याजको दरमा भएको वृद्धिलगायतका विभिन्न कारणले हुने मूल्यवृद्धिको असर स्वभाविकरुपमा आम उद्योगी–व्यवसायी तथा सर्वसाधारणमा पर्ने निश्चित भएको...
युवा समूहलाई निर्ब्याजी रु १० लाख ऋण
इलाम, २२ पुस । राष्ट्रिय युवा परिषद्, जिल्ला युवा समितिले यहाँका चार युवा समूहलाई निब्र्याजी रु १० लाख ऋण प्रदान गरेको छ । समितिले सूर्याेदय नगरपालिकाको जनज्योति कृषि तथा पशुपालन समूह, देउमाई नगरपालिकाको सुनौलो बिहानी पशुपालन युवा समूह, एकतप्पाको चम्जलुङ उद्यमशील युवा विकास समूह र जोगमाईको ध्वजेगुफा पशुपालन समूहलाई...
नाफामुखी बन्दै सहकारी : चर्को ब्याजदरमा ऋण लगानी
काठमाडौँ, २१ पुस । व्यापारघाटा कम गर्न सहकारी संस्थाले उत्पादनमा जोड दिनुपर्ने धारणा व्यक्त गरिएको छ । राष्ट्रिय सहकारी महासंघले आज यहाँ आयोजना गरेको दुईदिने कार्यशालाका सहभागिले सो धारणा राखेका हुन् । उक्त कार्यशालामा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले चुलिँदो व्यापारघाटा कम गर्ने प्रमुख माध्यम सहकारी संस्था भएको बताउनुभयो ।...
जुत्ता प्रदर्शनीमा करिब रु साढे दुई करोडको कारोबार
काठमाडौँ, १९ पुस । फुटबेयर म्यानुफ्याक्चरर्स एशोसिएसनको आयोजनामा भएको १४ औँ जुत्ता प्रदर्शनीमा करिब रु साढे दुई करोडको कारोबार भएको छ । यही पुस १३ गतेदेखि भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा भएको प्रदर्शनीमा करिब ९० हजार दर्शकले अवलोकन गरी मंगलबार साँझ सम्पन्न भएको हो । ‘आत्मनिर्भरताको आधार स्वदेशी उत्पादनको प्रयोग’ भन्ने नारा...
लयमा फर्कदै पूँजी बजार
काठमाडौँ, १८ पुस (रासस) : लगातार ओरालो लाग्दै आएको पूँजी बजारमा अन्यौलता कायमै रहेको भए पनि नियमित लय पकड्न शुरु गरेको छ । विगत ११ दिन लगातार घटेको बजार सोमबारदेखि सम्हालिएको छ । सोमबार ४४ अंकले बढेको बजार आज अपेक्षितरुपमा उकालो नलागे पनि दुई दशमलव ४४ बिन्दुले बढेको छ...
रक्सौलमा रोकिएका क्लिंकर आउन लागे
वीरगन्ज, १७ पुस / भारतको रक्सौलमा अड्किएका क्लिंकर र्याकहरू नेपालमा भित्रिन सुरु गरेका छन् । भारतीय रेल्वे निगमले रक्सौल यार्डमा अनलोड गर्न नदिएपछि बुकिङ भइसकेका क्लिंकरका र्याकसमेत नेपाल आउन सकेको थिएन । तर, अहिले तत्कालका लागि रक्सौल यार्डमै लोड–अनलोड गर्न भारतीय पक्ष सहमत भएपछि अलपत्र परेका र्याकहरू भित्राइएको उद्योगीहरूले...
यस्ता छन् मउवा संघका उम्मेदवारहरु
मकवानपुर, १६ पुस । मकवानपुर उद्योग वाणिज्य संघको ५१ औं वार्षिक साधारणका लागि विभिन्न पदहरुमा विभिन्न क्षेत्रका उम्मेदवारहरुको चुनाव भोलि हुँदैछ । उम्मेदवारी दर्ता गराइएका मध्ये ७ जना निर्विरोध भइसकेका छन् । मकवानपुर उद्योग वाणिज्य संघले प्रकाशन गरेको अन्तिम नामावली अनुसार वस्तुगत तर्फ उपाध्यक्षका लागि रामप्रसाद न्यौपाने ,वस्तुगत सदस्यका...
शेयर बजारको लगानी घट्दै
बनेपा, १४ पुस । दुई सातादेखि निरन्तर ओरालो लागेको शेयर बजार परिसूचक नेप्सेको प्रभाव मोफसलको शेयर बजारमा पनि पर्न थालेको छ । मोफसलमा खुलेका ब्रोकर कार्यालयका शाखामा शेयर बजारप्रति आकर्षण घटेका कारण लगानीकर्ताको मनोबल कमजोर देखिएको छ । काभ्रेपलाञ्चोकको बनेपा बजारमा रहेका दुईवटा ब्रोकर कार्यालयले दिएको जानकारीअनुसार लगानीकर्ता अहिले...
पर्सामा हुलाक बचत बैंक लोकप्रिय हुँदै
वीरगञ्ज, १४ पुस । एक सय रुपैयाँ पनि जम्मा गर्न सकिने र आवश्यक परेमा त्यति रकम नै झिकन सकिने । त्यति मात्र होइन, एक सय रुपैयाँमा खाता सञ्चालन गर्न सकिने र अन्य बैंकभन्दा आकर्षक ब्याज पाइने हुँदा निम्न आयस्तर भएका पर्सावासीमा हुलाक बैंकिङ सेवा लोकप्रिया बन्दै गएको छ ।...
कञ्चनपुरमा होमस्टे व्यवसाय फस्टाउँदै
भीमदत्तनगर, १३ पुस । बितेको दुई वर्षमा कञ्चनपुरको भीमदत्तनगरमा सञ्चालित थारु समुदायको ‘राना थारु होमस्टे’को दुई हजार ५०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेका छन् । भीमदत्त नगरपालिका–१४ नयाँ कटानमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा नेपालमै पहिलोपटक राना थारु होमस्टे सञ्चालनमा आएको छ । पछिल्लो समय कञ्चनपुरमा होमस्टेको...









