अर्थ/वाणिज्य

काभ्रे महोत्सव बुधबारदेखि शुरु

धुलिखेल, १९ फागुन । धुलिखेल उद्योग वाणिज्य संघ काभ्रेपलाञ्चोकको आयोजनामा यही फागुन २३ देखि चैत ३ गतेसम्म ‘काभ्रे महोत्सव–२०७४ हुँदैछ । धुलिखेलस्थित धुलिखेल रंगशालामा हुने सो महोत्सव ‘विकास, सुशासन र अग्रगमनको आधार, नेपालको आर्थिक समृद्धिको बहार’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको संघका अध्यक्ष मञ्जुकुमार कोजुले बताउनुभयो । “स्थानीय...

राष्ट्रिय वाणिज्य बैंकको एक्स्टेन्सन शाखा

संखुवासभा, १९ फागुन । यहाँको व्यापारिक बजार चैनपुर नगरपालिका–३ र ५ का बीचमा रहेको सुन्दर पोखरी बजारमा राष्ट्रिय वाणिज्य बैंकको एक्स्टेन्सन शाखा सञ्चालन गरिएको छ । प्रतिनिधिसभामा नवनिर्वाचित सांसद राजेन्द्रप्रसाद गौतमले बैंकिङ सेवाको शुक्रबार उद्घाटन गर्दै बैंक चाँडै शाखाका रुपमा स्थापित हुन सफल रहने विश्वास व्यक्त गर्नुभयो । प्रदेशसभाका...

च्याउखेती गर्न किसानलाई प्राविधिक ज्ञानको कमी

ललितपुर, १६ फागनु । च्याउखेतीबाट मनग्य आम्दानी गर्नसक्ने सम्भावना हुँदाहुँदै ज्ञान र प्रविधिको कमीले किसानले पर्याप्त फाइदा लिन सकेका छैनन् । किसानसँग पर्याप्त स्रोत नभएको र भएकाले पनि ज्ञानको उपयोग गर्न नसकेको कृषि विभाग अन्तर्गतको किट विकास निर्देशनालयका सूचना अधिकारी जगन्नाथ शर्माले बताउनुभयो । च्याउमा सबैभन्दा बढी भुसुनाको समस्या...

पाँच वर्षमा गहुँखेतीको क्षत्रफलमा ३० प्रतिशतले कमी

चितवन, १६ फागुन । जिल्लामा गहुँखेती गरिँदै आएको क्षेत्रफल वर्सेनि घट्दै गएको छ । विगत पाँच वर्षमा गहुँखेती लगाइएको क्षेत्रफलमा ३० प्रतिशतले कमी आएको छ । जिल्ला कृषि विकास कार्यालयले दिएको जानकारी अनुसार यसवर्ष पाँच हजार ५२० हेक्टरमा गहुँ लगाइएको छ । आव २०७०/७१ मा सात हजार ८८५ हेक्टर...

आर्थिक विकासका लागि सहकारीको प्रतिबद्धता

रत्ननगर, चितवन, १५ फागुन । विभिन्न सहकारीमा आबद्ध जिल्लाका सहकारीकर्मीले आर्थिक विकासका लागि सहकारी महत्वपूर्ण माध्यम भएको भन्दै १० बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । सहकारीको माध्यमबाट आर्थिक विकासका लागि प्रतिबद्धता तयार पारी सार्वजनिक गरिएको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघकी सञ्चालक शान्ति अधिकारीले जानकारी दिनुभयो । उहाँका...

बैंकमै भोटियो नेपाली नक्कली नोट, नक्कली नोट बनाउने गिरोहमा नेपाली सेनाकै कर्मचारी

गुल्मी, १५ फागुन । गुल्मीमा रु ५०० को नक्कली नोट भित्रिएको छ । सोमबार सदरमुकाम तम्घासस्थित ग्लोबल आइएमइ बैंकले नोटको सर्टिङ गर्ने क्रममा उक्त नक्कली नोट फेला पारेको हो । स्थानीय भगवान सप्लायर्सका युवराज पाण्डेले बैंकमा जम्मा गर्न ल्याएको रकममा उक्त एक थान रु ५०० को नक्कली नोट फेला...

शेयर मार्केट भवनमा लाग्यो आगलागी

काठमाडौँ, १४ फागुन । पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी भएको छ । उक्त भवनको चौथो तलामा रहेको एनआइसी ट्रेडिङ सेन्टरमा आज बिहान ९ः३० बजे आगलागी भएको हो । अढाइ घण्टा बित्दासमेत आगो नियन्त्रणमा आउन सकेको छैन । अहिले चारवटा दमकलद्वारा आगो निभाउने प्रयास जारी छ । घटनास्थलमा नेपाली सेना,...

रु पाँच करोड ७१ लाखभन्दा बढी गर्यो राजश्व संकलन

खजुरा, बाँके, १३ फागुन । नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष ०७४/७५ को माघ मसान्तसम्म रु पाँच करोड ७१ लाख ९५ हजार ६९६ राजश्व संकलन गरेको छ । गत वर्ष यही अवधिमा रु चार करोड ९८ लाख ३० हजार २१६ राजश्व संकलन गरेको थियो । यस अवधिमा गत वर्षभन्दा रु ७३...

शेयर बजार : एक अर्ब ७० करोडको कारोबार

काठमाडौँ, १२ फागुन । धितोपत्र बजारमा यस साता रु एक अर्ब ७० करोड ७० लाख ६८ हजार मूल्य बराबरको शेयर खरिद बिक्री भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कूल १७६ कम्पनीको ४२ लाख ४८ हजार ७३० कित्ता शेयर खरिद बिक्री भएको हो । कारोबार रकम गत साताको भन्दा...

दुई महिनादेखि शाखा प्रबन्धक नहुँदा सेवाग्राही मर्कामा

दुनै, डोल्पा, ११ फागुन । सदरमुकाम दुनैस्थित कृषि विकास बैंकमा शाखा प्रबन्धक नहुँदा सेवाग्राही मर्कामा परेका छन् । दुई महिनादेखि बैंक प्रबन्धकविहीन भएपछि सेवाग्राही मारमा परेका हुन् । गत पुसमा शाखा प्रमुख रवि खत्रीको सरुवा भएकमो थियो । “दुई महिना भइसक्यो, आउने अत्तोपत्तो छ्रैन”, निमित्त प्रमुख जीवराज बमले भन्नुभयो–...