अर्थ/वाणिज्य
हेटौंडाको हनुमान कन्स्ट्रक्सनका सञ्चालक न्यौपानेबिरुद्ध अदालतमा मुद्दा
हेटौंडा, १२ माघ । झुट्टा र नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले हेटौंडाको हनुमान कन्स्ट्रक्सनका प्रोपाइटर शालिकराम न्यौपानेलाई मुद्दा दायर गरेको छ । हनुमान कन्स्ट्रक्सनका प्रोपाइटर हेटौंडा उपमहानगरपालिका–२ बस्ने शालिकराम न्यौपाने र कर्मचारी विश्वराज सुवेदीले ८ करोड ६२ लाख रुपैयाँ राजस्व छली गरेको...
हेटौंडा सिमेन्टलाई प्रतिस्पर्धी बनाउन मन्त्रीले मागे योजना
हेटौंडा, १२ माघ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ओरालो लाग्दै गरेको सरकारी स्वामित्वको हेटौंडा सिमेन्टको स्तरउन्नती गर्न चासो देखाएका छन् । कुनै बेलाको चर्चित हेटौंडा सिमेन्टको बजार अवस्था नाजुक छ । उद्योग आफैं धरायशी बन्दै गइरहेको छ । निजि उद्योगसँग प्रतिस्पर्धा गर्न सक्ने सिमेन्ट बनाउनु पर्ने भन्दै...
यस्तो छ आज नेपाली बजारमा सुनको भाउ
मकवानपुर, १० माघ । नेपाली बजारमा शुक्रबार सुनको भाउ बढेको छ । बिहिबारको तुलनामा शुक्रबार सुन प्रतितोला २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, शुक्रबार सुन प्रतितोला ७५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, शुक्रबार तेजावी सुन प्रतितोला २०० रुपैयाँले नै बढेर...
कति छ आज नेपाली बजारमा सुनको भाउ ?
काठमाडौं, ७ माघ । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलवार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको छ । मंगलवार छापावाल सुन प्रतितोला ३०० ले बढेर ७५ हजार ३०० मा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै आज तेजाबी सुन प्रतितोला ७५...
बागमती प्रदेशले द्वन्द्वपीडितलाई पाँच करोड रुपैयाँ सहायता रकम वितरण गर्ने
हेटौंडा, ६ माघ । बागामती प्रदेश सरकारले द्वन्द्वपीडितलाई पाँच करोड रुपैयाँ सहायता रकम वितरण गर्ने भएको छ । द्वन्द्व प्रभावित व्यक्ति तथा परिवारलाई स्वास्थ्य उपचार, सीप विकास र स्वरोजगारमूलक व्यवसायका लागि प्रदेशले सहायता रकम प्रदान गर्न प्रदेश सरकारले चालु आर्थिक वर्षमा ५ करोड रुपैयाँ विनियोजन गरेको हो । प्रदेशको आन्तरिक मामिला...
पशुपंक्षी तथा मत्स्य विकासका कर्मचारीको चलखेल: किसानलाई मारमा पार्दै बढी दररेट स्वीकृत
मकवानपुर, ६ माघ । बागमती प्रदेश पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका कर्मचारीहरुले कमिशनका लागि किसानलाई मारमा पारेर चलखेल गरेका छन् । यस सम्बन्धमा विभिन्न तथ्य र प्रमाण तु खबरले प्राप्त गरेको छ । अनुदानमार्फत दिइने कृषि यान्त्रिकीकरणमा कर्मचारीले कमिशनका लागि बोलपत्र स्वीकृत गर्दै बजार मूल्य बढीमा किसानलाई किन्न बाध्य...
सजिलो सहकारीको ९ औं साधारणसभा
हेटौंडा, २५ पुस । सजिलो उपभोक्ता सहकारी संस्था लिमिटेडको ९ औं साधारणसभा भएको छ । संस्थाका अध्यक्ष शेरबहादुर पहारीको अध्यक्षमा तथा हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो । सहकारीका अध्यक्ष शेरबहादुर पहरीले सहकारीको वार्षिक प्रतिवेदन पेश गरेका थिए भने सचिव ध्रुब अधिकारीले कार्यक्रम संचालन...
हेटौंडा उपमहानगरको गौरव योजनाः प्रदेश मन्त्रालयलाई जग्गादेखि भ्युटावरसम्म
हेटौंडा, २१ पुस । हेटौंडा उपमहानगरपालिका कार्यालयले आफ्ना २० वटा गौरव योजना सार्वजनिक गरेको छ । हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिका बैठकले आज आइतबार निर्णय गर्दै गौरवका योजना सञ्चालन गर्ने निर्णय गरेको थियो । हेउमनपाले प्रदेश मन्त्रालय, प्रदेशसभा भवनलगायतका अन्य कार्यालयहरुको लागि सम्भावित जग्गा छनौट गरेको छ । उक्त जग्गाको...
उद्योग संघ मकवानपुरको भवन उद्घाटन
हेटौंडा, १६ पुस । उद्योग संघ मकवानपुरको नयाँ भवनको आज बुधवार उद्घाटन गरिएको छ । हेटौंडाका नगर प्रमुख हरिबहादुर महतले भवनको उद्घाटन गरे । ९५ लाख रुपैयाँ लागतमा संघको सचिवालय तथा व्यवसाय स्रोत केन्द्र भवन निर्माण भएको हो । कार्यक्रममा बोल्दै प्रमुख महतले हेटौंडामा उद्योग स्थापना गर्न स्थानीय सरकार...
प्रदेश ३ लाई पर्यटनको ‘हब’ बनाउन १ अर्ब ३५ करोड खर्चिँदै
हेटौंडा, १६ पुस । प्रदेश ३ सरकारले भ्रमण वर्ष सन् २०२० भव्यरुपमा मनाउने भएको छ । मकवानपुरलगायत प्रदेशका सबै जिल्लामा भ्रमण वर्षको सुरुवात भइसकेको छ । प्रदेश ३ पर्यटनमा प्रचुर सम्भावना बोकेको प्रदेश हो । नेपालकै प्रसिद्ध धार्मिक स्थल, पदमार्ग, जलाशयलगायतका पर्यटकीय क्षेत्र यही प्रदेशमा छ । प्रदेश ३...









