विश्व विविध

हवाई कारबाहीमा १७ आतङ्ककारी मारिए

काबुल, २१ मङसिर । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले बुधबार गरेको हवाई कारबाहीमा कम्तीमा १७ जना आइएस आतङ्ककारी मारिएका छन् । अफगान गृह मन्त्रालयले बिहीबार सो जानकारी दिएको छ । यस कारबाहीको क्रममा मारिएका १७ जना नै आइएस लडाकू रहेका प्रान्तीय सरकारका प्रवक्ताले एक विज्ञप्ति प्रकाशन गरी...

बेइजिङ सहरमा वायु प्रदूषण घट्यो

बेइजिङ, २१ मङसिर । चीनको राजधानी सहर बेइजिङमा गत वर्षको तुलनामा यसवर्ष वायु प्रदूषणको मात्रामा कमी आएको समाचार छ । बेइजिङका अधिकारीले गतवर्षको तुलनामा यसवर्ष विशेषगरी बेइजिङ सहरको वायु प्रदूषणमा कमी आएको देखिएको बताएका छन् । यस वर्षको शीतकालीन समयमा यस सहरको वायु प्रदूषणको मापदण्ड गत वर्षको तुलनामा उल्लेखनीयरूपमा...

नाकाबन्दीमा पनि आर्थिक वृद्धि

दोहा, २० मङ्सिर । कतारमा उसका छिमेकी अरब मुलुकले केही महिनायतादेखि आर्थिक नाकाबन्दी जारी नै राखेका छन् । तर पनि यसबाट कतारको आर्थिक वृद्धिमा कुनै असर नपरेको बताइएको छ । कतारको वृद्धिदर तीव्र गतिले भइरहेको कतारको केन्द्रीय बैंकका गभर्नरले जानकारी दिनुभएको छ । उहाँले छिमेकी मुलुकहरूमा नाकाबन्दी कायमै रहेका...

हवाई कारबाहीमा तालिवानका कमाण्डर मारिएको पुष्टी

गजनी, अफगानिस्तान, २० मङ्सिर । अफगानिस्तानको दक्षिणी हेल्मण्ड प्रान्तमा हालै भएको अफगान हवाई बलको कारबाहीमा एकजना वरिष्ठ तालिवान कमाण्डर मारिएको पुष्टी भएको छ । गत आइतबार गरेको हवाई कारबाहीको क्रममा कम्तीमा तीनजना तालिवान कमाण्डर मारिएका भनी आएको समाचारको अफगान नेटो सैन्य बलले पुष्टी गरेको हो । उक्त सैन्य बलले...

क्याटालोनियाका नेतामाथिको पक्राउ पुर्जी फिर्ता

म्याड्रिड, २० मङसिर । स्पेनको सर्वोच्च अदालतले क्याटालोनियाका पृथकतावादी भनिएका नेता कार्लस पुज्दमोन र उनीसँगै चार जना पूर्व क्षेत्रीय मन्त्रीविरुद्धको पक्राउ पुर्जी खारेज गरिदिएको छ । हाल उनीहरु बेल्जियम हुनुहुन्छ । क्याटालोनियामा स्वतन्त्रता घोषणा गर्न उनीहरुले भूमिका खेल्नुभएको भन्दै उनीहरुहरुलाई पक्राउ गर्ने आदेश दिइएको थियो । उनीहरुमाथि देशद्रोहको आरोप...

हुथी विद्रोही लडाकूहरुबाट आफूलाई मुक्त गर्न यमनलाई साउदी अरबको आग्रह

रियाद, २० मङ्सिर । साउदी अरबले इरानको सहयोग प्राप्त गरी आतङ्क मच्चाइरहेका हुथी विद्रोही लडाकूहरुबाट आफूलाई मुक्त गर्न यमनलाई आग्रह गरेको छ । यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहको हत्या हुथी विद्रोहीले गरेपछि पहिलोपटक साउदी अरेबियाले हुथीका विरुद्धमा यो अभिव्यक्ति दिएको हो । तर उहाँको हत्याको बारेमा भने साउदीले...

साउदी गठबन्धन यमनी वार्ताका लागि तयार

साना, १७ मङसिर । यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले शान्ति वार्ताका लागि प्रस्ताव गर्नुभएको समाचार छ । उहाँले शनिबार आफूले साउदी अरेबियाको नेतृत्वको गठबन्धनसँग वार्तागर्न प्रस्ताव गर्नुभएको थियो । उक्त प्रस्तावको उता साउदी अरेबियाले पनि स्वागत गरेको प्राप्त अर्काे एक समाचारमा पनि जनाइएको छ । यमनका पूर्व राष्ट्रपति...

भेनेजुयलाको सरकार र विपक्षी दलबीचको वार्ता बिफल, छलफल जारी रहने

कारकास, १७ मङसिर । भेनेजुयलाको सरकार र यहाँको विपक्षी राजनीतिक दलबीचको वार्ता सहमतिमा पुग्न असफल भएको समाचार छ । शुक्रबार र शनिबार गरी दुई दिनसम्म विभिन्न चरणमा भएको छलफलबाट पनि सहमति नजुटेपछि बैठक विना निष्कर्ष आइतबार सकिएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । अहिले विषयगत रुपमा सहमती नजुटेपछि दुई...

रोहिङ्ग्या म्यान्माली शरणार्थी फिर्तागर्ने सम्बन्धमा छलफल

याङगुन, बङ्गलादेश, १७ मंसिर । बङ्गलादेशमा रहेका रोहिङ्ग्या म्यान्माली शरणार्थीलाई फिर्ता गर्ने सम्बन्धमा बङ्गलादेश र म्यानमारका अधिकारीबीच सोमबार छलफल हुने भएको छ । यसअघि बङ्गलादेश र म्यानमारबीच करिब दुई महिना भित्रमा रोहिङ्ग्या शरणार्थी फिर्ता गर्ने सहमति भएको जनाइएको थियो । यस विषयमा थप छलफलका लागि सोमबार बङ्गलादेश र म्यानमारका...

नागरिक रक्षाका लागि राष्ट्रसंघीय विशेष प्रतिनिधिको आग्रह

संयुक्त राष्ट्रसंघ, १७ मङसिर । यमनका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधिले यमनमा हुने गरेका द्विपक्षीय झडपहरुमा यहाँका सर्वसाधारण नागरिकको रक्षाको लागि सबै पक्षसँग आग्रह गर्नुभएको छ । देशमा विगतका कैयौँ समयदेखि यस्तो झडप बढ्दै आएको र त्यसमा परी निर्दाेष र सर्वसाधारण नागरिकले ज्यान गुमाउनुपरकोे अवस्था रहेकोतर्फ उहाँले सम्बद्ध सबैको...