विचार
राष्ट्रवाद के हो ?
नेपालमा यतिबेला राष्ट्रवादको बहस उत्कर्षमा छ । विश्वविद्यालयहरूदेखि सामान्य चिया पसलसम्म यसै विषयमा विमर्श जारी छ । कोरोना महामारीको जटिल र चुनौतीपूर्ण घडीमा समेत राज्य एवं नागरिक दुवै तहमा गुप्त र खुला छलफल व्याप्त छ । पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले यस्तो परिस्थिति निर्माण गरिदिएको हो । छिमेकी राष्ट्र...
कसलाई बौद्धिक मान्ने ?
कसलाई बौद्धिक मान्ने ?, कुन आधारमा मान्ने या छुट्याउने ?, बौद्धिकता छुट्याउने कुनै गतिलो आधार छ ? या कुनै निकायले तपाई बौद्धिक व्यक्तित्व हुनुहुुन्छ भनेर प्रमाणपत्र दिने गरेको छ ? यी प्रश्नहरु गरिरहँदा तपाईलाई अचम्म लाग्ला तर आफुलाई बौद्धिक वर्ग भन्दै प्रचार गर्ने तर मानविय चेतना गुमाउँदै गएका केही...
लकडाउनमा कृषि क्रान्ति गरौँ
अहिले विश्वभर कोरोना भाइरस (कोभिड – १९) को संक्रमणको जोखिम बढीरहेको अवस्था छ । नेपालमा पनि संक्रमणको जोखिम दिनप्रतिदिन बढीरहेको छ । जोखिम बढीरहेको सन्दर्भमा अहिले संघीय सरकारले देशैभर लकडाउन गरेको छ । संक्रमणबाट बच्न नागरिकहरु लकडाउनको पालना गरिरहेका छन् । राजधानी काठमाडौँलगायत मुलुककै मूख्य शहरहरुमा विभिन्न रोजगारीका लागि...
कोभिड – १९ महामारी तथा लकडाउनमा बुद्धका उपदेशहरूको सान्दर्भिकता
कोभिड– १९ को महामारीको कारण लकडाउनको अवस्थामा हामी सबै नेपालीहरू आ–आफ्नै घरमा छौँ । यो लेखमा बुद्धले मानव जगतलाई दिनु भएको चार आर्य सत्यहरू, पञ्चशिल र अष्टाङ्गिकमार्गहरूको यो विषम परिस्थतिमा सान्दर्भिकतालाई विश्लेषण गर्न खोजिएको छ । बुद्धका उपदेशहरू आफ्नो साथका रहेका केही साधुहरूलाई दिएका थिए । जुन गुरू शिष्य...
समाज विकासमा युवा र अन्तरनिर्भरता सिद्दान्त
पृष्ठभुमी म चौध बर्ष अध्ययन अनुसन्धान, विकास क्षेत्रका साथै नीजि व्यापारिक क्षेत्रहरुमा व्यवस्थापकीय रुपमा काम गरेको र स्नातकोत्तरसम्म मानविकी संकायमार्फत् समाजशास्त्रमा अध्ययन गरेको व्यक्ति, एक दिन एक जना युवाले मलाई प्रश्न गर्नुभयो : तपाईले कहाँसम्म अध्ययन गर्नु भएको छ ? मैले मेरो योग्यता बताएँ । फेरी उहाँले प्रश्न गर्नुभयो...
विवेक शून्य राजनीतिक युवा पुस्ता
यतिबेला नेपाल कोरोना भाइरस कोभिड–१९ को संक्रमणको जोखिममा छ । विश्वभर फैलिरहेको कोभिड–१९ को कारणले विश्वको अर्थतन्त्र दिनप्रतिदिन खस्किँदै गइरहेको छ । चीनको बुहानबाट गत डिसेम्बरमा सुरु भएको कोभिड–१९ बाट छिकेकी देश नेपाल पनि अछुतो रहन सकेन । हाम्रो देशको अर्थतन्त्र पनि विश्वको जस्तै खस्कँदो छ । लगातार ६...
मदन भण्डारीको हत्यारा कहिले पत्ता लाग्छ राष्ट्रपति ज्यू ?
अत्यासलाग्दो दासढुंगा दुर्घटनामा जिवराज आश्रित र मदन भण्डारीको निधन भएको आज २७ बर्ष पूरा भएको छ । २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा परी एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । यो घटना अझै पनि हाम्रो...
सीमा नाकामा खटिएका सुरक्षाकर्मी पैसाको लोभमा परेका त होइनन् ?
कोरोना संक्रमणको जोखिम बढेसंगै संघीय सरकारले गत चैत ११ गतेदेखि देशैभर लकडाउन गरेको छ । लकडाउनका कारण जनता समस्यामा छन् । अर्थतन्त्र धरासायी बन्दै गइरहेको छ । यस महामारीको घडीमा सरकारले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि गरिरहेको पहल कदमी पर्याप्त नभएको महशुस भएको छ । परीक्षणको दायरा बढानुपर्ने, सीमा...
सत्ता टिकाउन विदेशीसँग के सौदावाजी गर्नुभयो प्रधानमन्त्रीज्यू ?
लिपुलेकको बाटो हुँदै भारतले मानसरोवर जाने सडकको उद्घाटन गर्यो । नेपाली भूमीबाट चीन सम्मको सडक खोलिएको छ । तैपनि सरकार बोलेको छैन । भारतले सडक खोल्नु वर्तमान सरकारसँगको सहमति मै भएको हो ? यसको प्रष्ट जवाफ आउनुपर्छ । के सरकारले जनतालाई झुक्याएर मिलेमतोमा सबै गर्न छुट त दिइरहेको छैन...
बाह्र बर्ष रामायण पढ्यो सीता कसकि जोइ ?
“बाह्र बर्ष रामायण पढ्यो सीता कसकि जोइ ? ” “बाह्र बर्ष कुकुरको पुच्छर ढुङ्ग्रोमा राख्यो बाङ्गाको बाङ्गै !” जस्ता सामाजिक उखानहरू त्यसै बनेका होइनन् । यसबाट यो बुझिन्छ कि सधैं बद्लिरहने चीजको नाम हो समाज र कहिल्यै नबद्लिने वा बद्लिन नचाहने वस्तु हो मानिस । इतिहास भर यही मानव...









