अर्थ/वाणिज्य
१६ मिटरमात्र भत्काए मुआब्जा चाहिँदैन, २५ मिटर भत्काउने हो भने मुआब्जाबिना हुँदैन : कटुवाल
मकवानपुर, २० असार । मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष तथा हेटौंडा बसोबास संरक्षण समितिका अध्यक्ष कृष्ण कटुवालले सडक बिस्तारको काम न्यायोचित तरिकाले गर्न माग गरेका छन् । तु खबरसँग कुराकानी गर्दै अध्यक्ष कटुवालले विकासको बाधक आफूहरु नभएको दोहोर्याउँदै मुआब्जा दिन सक्ने अवस्थामा सरकार नभए १६/१६ मिटरमात्र भत्काउन आग्रह गरेका...
मन्त्री यादव किन आउँदैछन् हेटौंडा ?
मकवानपुर । उद्योगमन्त्री मातृका प्रसाद यादव आज हेटौंडा आउने भएका छन् । हेटौंडा – ९ मा बनेको क्यालिव्रशन टावर आज उद्घाटन गर्न मन्त्री यादव आउने भएका हुन् । तेल ट्याङ्करहरुको तेल नाप्न बनाइएको क्यालिव्रशन टावरको उद्घाटन गर्न मन्त्री यादव आउन लागेको व्यवसायी उत्सव इटेनीले जानकारी दिएका छन् । नाप...
प्रदेशसभा बैठकमा नेकपा नेतृ सिग्देलले सुनाइन् यस्तो कथा
मकवानपुर १२ असार । नेकपा मकवानपुरकी अध्यक्ष एवं प्रदेशसभा सदस्य मुनु सिग्देलले प्रदेश सरकारले ल्याएको आगामी आर्थिक बर्ष ०७६/०७७ बजेट माथि आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा एउटा कथा सुनाएकी छिन् । उनले प्रदेश सरकारले ल्याएको बजेटमाथि आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो कथा सुनाईन् । ‘गाउँमा २ दाजुभाईलाई भिन्द हुनपर्ने...
बर्डफ्लु नियन्त्रणमा आएपछि प्रजिअ तामाङले भने – निर्धक्क कुखुराको मासु र अण्डा खानुहोस्
मकवानपुर ११ असार । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले मकवानपुर बर्ड फ्लु मुक्त जिल्ला भएको बताएका छन् । आज तु खबरसंग कुराकानी गर्दै जिल्ला बर्ड फ्लु रोग नियन्त्रण प्राविधिक समितिका संयोजक समेत रहेका तामाङले अब मकवानपुरमा बर्ड फ्लु नभएको दावी गरे । उनले भने ‘ बर्ड फ्लुको खतरा...
हेटौंडाले पूर्वाधार विकासमा ८६ करोड खर्च गर्ने
हेटौंडा, ११ असार / प्रदेश ३ को एकमात्र उपमहानगर हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि १ अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलबार उपमहानगरको पाँचौ नगरसभा बैठकमा १ अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट प्रस्तुत बजेट प्रस्तुत गरिएको हो, आजको नयाँ...
हेटौंडा बनाउने मुख्यमन्त्रीको यस्तो छ सोच (हेर्नुहोस् भिडियो )
मकवानपुर / प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडाको सडक बिस्तारपछि हेटौंडा बजारको मुख्य सडकको दायाँबायाँका घरहरुको अगाडिको शो एउटै बनाउने सोच आफ्नो रहेको बताएका छन् । आज हेटौंडा उपमहानगरपालिकाको नीति तथा योजना सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले जति मिटर सडक बिस्तार भएपनि आफ्नो सोच भनेको हेटौंडाका...
सावधान ! खोलामा माछा मार्न जाँदा पर्नुहोला प्रहरी खोरमा
मकवानपुर, ६ जेठ । स्थानीय माछाको संरक्षणमा अब भने प्रहरी सक्रिय बन्न थालेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोलामा करेन्ट लगाई जाल समेत प्रयोग गरी माछा मारिरहेको अवस्थामा ३ जनालाई पक्राउ गरी जरिवाना समेत तिराएको समाचार आजको हेटौंडा सन्देशले लेखेको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय...
प्रदेश मन्त्री कैलाश ढुङ्गेलले के भनेको यस्तो – नीजि बैंक उडे, सरकारी गुडे ?’
मकवानपुर, ०३ जेठ । प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले बैंकहरुले किसानलाई हेर्ने दृष्टिकोण फेर्नु पर्ने बताएका छन् । प्रदेश नीति तथा योजना आयोगको आयोजना तथा कृषि विकास बैंकको व्यवस्थापनमा कृषि विकास बैंकको वित्तीय हस्तान्तरण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उनले किसानले बैंकबाट सहज रुपमा ऋण...
स्कारपियोमा खैरो हेरोइन बाेक्ने मण्डल र खाँन पक्राउ
विराटनगर/ मोरङको धनपालथान गाउँपालिका ३ बेतौनीबाट प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। गएराति पौने १२ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको डिएल ७ सिएम ०१७६ नम्बरको स्कारपियो गाडीबाट १ सय २५ ग्राम लागुऔषध खैरो हेरोइन बरामद गरेको हो। गाडी चालक भारत कुसाकट्टा- १५ पडरिया...
एनसेललाई लाभकर नतिर्न सर्वाेच्चकाे अन्तरिम आदेश
काठमाडौं / सर्वोच्च अदालतले यसअघिको बृहत् पूर्ण इजलासको परमादेशलाई प्रतिकूल हुनेगरी एनसेल आजिएटालाई लाभाकर नतिर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानको संयुक्त इजलासले ठूला करदाता कार्यालयले एनसेल आजिएटालाई तोकेको कर नतिर्न सोमबार अन्तरिम आदेश दिएको हो । सर्वोच्चको यो आदेशले यसअघि बृहत्...









