अर्थ/वाणिज्य
हेटौंडामा अमेरिकी ब्राण्डको पेयपदार्थ
हेटौंडा, २९ फागुन । कोकाकोला, पेप्सीकोला जस्तै अन्तर्राष्ट्रिय ब्राण्डको पेयपदार्थ करिब दुई महिना भित्र हेटौंडामा उपलब्ध हुने भएको छ । अमेरिकी ब्राण्डको आर्सीकोला कम्पनीको फ्रेन्चाईजमा हेटौंडामा पेयपदार्थ उत्पादन उद्योग स्थापना भएको हो । जोगी तालमा ३ विगाह जमिन खरिद गरी पेयपदार्थ उद्योग स्थापना गरिएको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले...
हेटौँडामा माछ भात होटल सञ्चालनमा
हेटौँडा, २७ फागुन । हेटौंडा १० मा माछ भात होटल सञ्चालनमा आएको छ । राजकुमार महतोले सञ्चालन गर्नुभएको माछ भात होटलमा विशेष रुपमा माछा र भात उपलब्ध छ । नेपालकै माछा, नेपाली चामल, विभिन्न ८ किसिमका अचार खानाको सेटमा पाइने महतोले बताउनुभयो । तराइमा परम्परागत रुपमा जसरी माछा पकाइन्थ्यो...
बैंकमा सुन राखे उल्टै ब्याज पाइने ! यसरी पाइन्छ ब्याज ?
काठमाडौं, २५ फागुन । अब तपाईहरुले घरमै थन्क्याएर राखेको सुनबाट उल्टै ब्याज पाउनु हुनेछ । यसका लागि तपाईले बैंकमा सुन जम्मा गरेर ब्याज लिन पाउने सुविधा गत (बिहीबार) देखि सञ्चालनमा आएको छ । अब बैंकमा सुन धितो राखेर ऋण मात्र होइन सुन जम्मा गरेर उल्टै ब्याज समेत खान पाइने...
हेटौंडा सिमेन्टमा क्लिकर उत्पादन बन्द
हेटौंडा, २४ फागुन । नेपाल सरकारको स्वामित्वमा सञ्चालन भइरहेको हेटौंडा सिमेन्ट उद्योग लिमिटेडले क्लिकर उत्पादन बन्द गरेको छ । उद्योगले शुक्रबारदेखि १० दिनसम्म क्लिकर उत्पादन बन्द गरेको हो । २२ हजार टन क्लिकर बाँकी रहेकाले १० दिनका लागि उत्पादन बन्द गरिएको उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले जानकारी दिनु भयो । उहाँले मजदुर...
भीमफेदीको सुरुङमार्ग निर्माणस्थलमा भौतिक मन्त्री, ५० प्रतिशत अध्ययन सकियो
हेटौंडा, २३ फागुन । पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माणस्थल पुगेर बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले स्थलगत निरीक्षण गर्नु भएको छ । बागमती प्रदेशको गौरवको योजना हेटौंडा–काठमाडौं जोड्ने भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणमा भइरहेको कामको बारेमा जानकारी लिन आज शुक्रबार मन्त्री निर्माणस्थलमै पुग्नु भएको हो । सुरुङमार्गको दक्षिणतर्फको प्रवेशद्धार...
हेटौंडामा चैत १६ गतेदेखि हुन लागेको व्यापार मेला स्थगित, यस्तो रहेछ कारण
हेटौंडा, २१ फागुन । मकवानपुर उद्योग वाणिज्य संघअन्तर्गत् महिला उद्यमी विकास समितिले हेटौंडामा गर्न लागेको व्यापार मेला स्थगित भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मेला नगर्न समितिलाई निर्देशन दिएपछि स्थगित गरिएको समितिले जानकारी दिएको छ । विगतमा सात वटा मेला, महोत्सव तथा एक्सपो सम्पन्न गरिसकेको समितिले यही चैत...
बुधवार एकैदिनमा सुनको मूल्य यतिधेरै बढ्यो !
काठमाडौं, २१ फागुन । कोरोना भानइरसका कारण विश्व अर्थतन्त्र प्रभावित भएको छ । त्यसको प्रत्यक्ष असर सुनमा देखिँदा यसको मूल्यमा तीव्र उतारचढाव देखिएको छ । छापावाल सुन बुधबार एकैदिन प्रतितोला २२ सय रुपैयाँले बढेर ८० हजार ५ स रुपैयाँ कायम छ । हिजो (मंगलबार) भने छापावाला सुन ७८ हजार...
हेटौंडामा प्रहरी ‘झुक्याउन’ खोज्ने सुन तस्करको त्यो शैली
हेटौंडा, १९ फागुन । भारत कर्नाटकका ४२ वर्षीय अब्दुल मजिद अनेकल काठमाडौंबाट ‘नाइट बस’मा बीरगञ्ज हानिए । अब्दुलले साथमा कालो झोला बोकेका थिए । झोलामा थिए मोटर पार्टसभित्र जडान हुने ४ थान फलामको ब्यरिङ जस्तो देखिने वस्तु । अब्दुल ती फलामका वस्तुलाई भारत छिराउने प्रयासमा थिए । सायद त्यसैले...
कतिमा कारोबार हुँदैछ आज सुन ?
मकवानपुर, १९ फागुन । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइएको छ । महासंघका अनुसार, आज सुन आईतबारकै मुल्यमा कारोबार भइरहेको छ । आईतबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ७८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ७७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।...
हेटौंडा सिमेन्ट ३ अर्ब खर्चेर क्षमता बढाउँदै
हेटौंडा, १८ फागुन । निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने उद्देश्यले सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले आफ्नो उत्पादन क्षमता बढाउने भएको छ । उद्योगले हाल १० देखि १२ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ । निजी क्षेत्रका उद्योगको तुलनामा कम उत्पादन भएकाले प्रतिस्पर्धी क्षमता बढाउन संघीय सरकार उद्योग मन्त्रालयको निर्देशनअनुसार उत्पादन क्षमता...










