अर्थ/वाणिज्य

बङ्गलादेशबाट आइपुग्यो ४५ हजार मेट्रिक टन युरिया मल

पर्सा । बङ्गलादेशबाट खरीद गरिएको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा सो परिमाणको युरिया मल आइपुगेको हो । जिटुजी सम्झौता अनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन...

मंगलबार सुनचाँदीको भाउ घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज सुन प्रतितेला एक सय रुपैयाँले घटेको छ । भाउ घटेसँगै मंगलबार छापावाला सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाला सुन तोलाको ९० हजार ७ सयमा...

निषेधाज्ञाबाट ११ करोडको दूध नोक्सान

चितवन । कोरोना भाइरस सङ्क्रमणको जोखिम हुन नदिन जारी निषेधाज्ञाबाट चितवनका दुग्ध किसान मारमा परेका छन् । ठूला डेरी उद्योगले दूध खपत नगरेपछि स्थानीयस्तरमा सञ्चालित सहकारीले पनि सङ्कलन गर्न छोडेका थिए । यसले गर्दा किसानको दूध खेर गएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले जनाएको छ । सङ्घद्वारा आयोजित...

सरकारलाई खर्चको दबाब,दुई हप्तामा तीन खर्ब ८५ अर्ब खर्च गर्नुपर्ने

काठमाडौँ । चालू आर्थिक वर्ष २०७७/७८ पूरा हुने समय अब तीन हप्ता पनि बाँकी छैन । आर्थिक वर्ष पूरा हुँदै गर्दा सरकारलाई भने खर्चको दबाब छ । शनिबारदेखि गणना गर्दा २० दिनभित्र सरकारलाई पुग नपुग चार खर्ब खर्च गर्नुपर्ने चाप छ । सरकारको खर्च तथा आम्दानीको हरहिसाब राख्ने महालेखा...

हेटौँडा उपमहानगरपालिकाको बजेट भौतिक पूर्वाधारतर्फ मात्रै ५० प्रतिशत

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखि कुल २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाले कूल बजेटको ५० प्रतिशत रकम भौतिक पूर्वाधार विकासमा विनियोजन गरेको छ । उपमहानगरपालिकाले बजेटमा भौतिक पूर्वाधार विकासलाई...

मकवानपुरका स्थानीय तहहरुले ल्याए ८ अर्ब २३ करोडको बजेट

मकवानपुर । मकवानपुरका १० वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट सार्वजनिक गरेको छ । जिल्लाको हेटौँडा उपमहानगरपालिकासहित १० वटा स्थानीय तहले गत असार १० गते आगामी आर्थिक वर्षको लागि ८ अर्ब २३ करोड ४२ लाख ३९ हजार ६२ रुपैयाँ ८४ पैसाको बजेट सार्वजनिक गरेको हो...

अझै बढ्न सक्छ पेट्रोलियम पदार्थको मूल्य: आयल निगम

काठमाडौं । नेपाल आयल निगमले कम्पनीको नोक्सानलाई कम गर्नका लागि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नुपरेको बताएको छ । न्यूज एजेन्सी नेपालसँग शुक्रबार कुराकानी गर्दै नेपाल आयल निगम लिमिटेडका प्रवन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले अन्तर्राष्ट्रिय बजारमा क्रुड तेल र डलरको भाउ अनपेक्षित रुपमा बढेकाले नेपालमा पनि पेट्रोलियम पदार्थको मुल्यवृद्धि गर्नुपर्ने...

कैलाश गाउँपालिकाद्वारा ४५ करोड ९६ लाखको बजेट प्रस्तुत्

मकवानपुर । कैलाश गाउँपालिकाले आज सम्पन्न गाउँसभामा ४५ करोड ९६ लाखको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट अनुसार, पालिकाले २० करोड पुँजिगततर्फ (४५ प्रतिशत) र २५ करोड रुपैयाँ चालु तर्फ (५५ प्रतिशत) बजेट विनियोजन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईँले दिएको जानकारी...

बागमती गाउँपालिकाद्वारा ५३ करोड ६६ लाखको बजेट सार्वजनिक

मकवानपुर । बागमती गाउँपालिकाले पनि आज आफ्नो नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र बजेट अनुसार, गाउँपालिकाले ५३ करोड ६६ लाख ९८ हजार रुपैयाँको बजेट ल्याएको छ । नीति कार्यक्रम अनुसार, गरीवी निवारणमा सहयोग पुर्याउने, वातावरणीय सन्तुलन कायम राख्ने, छिटो...

मनहरी गाउँपालिकाको बजेट ८३ करोड ६७ लाख (पूर्णपाठसहित)

मकवानपुर । मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको बिहिबार बसेको ९ औं गाउँसभामा उपाध्यक्ष मनिला विष्टले आगामी आवको लागि रु ८३ करोड ६७ लाख ८६ हजार बजेट विनियोजन गरेको जानकारी दिएकी हुन् । गाउँपालिकाले आगामी आर्थिक वर्षमा कोरोना संक्रमण नियन्त्रण, कृषि...