विज्ञान र प्रविधिको दुरुपयोगको विकृतिबारे सडक नाटक बुद्धचोकमा

हेटौंडा, ४ भदौ । विज्ञान र प्रविधिको दुरुपयोगले निम्ताउन सक्ने विकृतिका बारेमा आज दिउँसो साढे २ बजे हेटौंडाको बुद्धचोका सडक नाटक प्रदर्शन गरिने भएको छ । विज्ञान र प्रविधिको सही प्रयोग नगरेमा हाम्रो घर,परिवार, समाज, राष्ट्र र विश्वमा नै कस्तो प्रभाव पार्छ भन्ने जानकारीलाई कलात्मक ढङ्गले नाटकमा देखाईने नाटकका लेखक तथा निर्देशक आशाकाजी श्रेष्ठले जानकारी दिए ।
चेतनामुलक नाटकको शिर्षक ‘हामी त सामाजिक मान्छे पो त’ राखिएको छ । जसमा हेटौंडाको नवोदय शिशु सदनमा अध्ययनरत विद्यार्थीहरुले अभिनय गरेका छन् । नाटकका संयोजक तथा सह–निर्देशक दिल कुमार लामाले सबैलाई नाटक हेर्न उपस्थित भईदिनका लागि अनुरोध गरेका छन् ।
नवोदय शिशु सदनका विद्यार्थीहरुले यस अघि पनि वातावरण दिवसका अवसरमा नाटक तथा विभिन्न सामाजिक कार्य गरेर प्रशंसा पाएका थिए ।