प्रहरी कुट्ने मन्त्रीलाई तीन महिना जेल सजाय

एजेन्सी
२०७७ आश्विन ३०,शुक्रबार १०:०८

एक स्थानीय अदालतले महाराष्ट्रकी मन्त्री यशोमति ठाकुरलाई ८ वर्ष पुरानो एक घटनामा जेल सजाय सुनाएको छ । प्रहरीमाथि हाट उठाउने मन्त्री ठाकुरलाई तीन महिनाको सश्रम काराबासको सजाय सुनाएको हो ।

यस्तै सो घटनामा अन्य ३ जनालाई पनि कठोर काराबासको सजाय सुनाएको छ । जसमा महिला तथा बालविकासमन्त्रीका सवारी चालक समेत रहेका छन् ।

कांग्रेस नेता तथा महिला मन्त्रीसहित सबै दोषीलाई जरिवाना नतिरेकोमा थप एक महिना जेल सजाय हुनेछ । अदालतले सबैलाई १५ हजार ५ सय रुपैयाँ जरिवाना तोकेको छ ।

सो घटनामा मन्त्री यशोमति, उनका चालक र अन्य दुई जना ड्युटीमा रकेकी प्रहरीमाथि हात उठाएकोमा दोषी ठहर गरिएको हो ।

प्रहरीले वान वेमा आइरहेको मन्त्रीको गाडी रोकेका थिए । यो घटना १४ मार्च, २०१२ मा भएको हो । ठाकुरले भने यो फैसलाविरुद्ध मुम्बई उच्च अदालतमा मुद्दा दायर गर्ने बताएकी छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*