राप्रपाको केन्द्रीय समितिमा थपिए ४ सय जना नयाँ सदस्य
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिमा ४ सय जना नयाँ सदस्य थपिएका छन् । राप्रपाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय समितिमा ४ सय जना नयाँ सदस्य थपिएको जनाएको छ ।
राप्रपाले आफ्नो ३२७ सदस्यीय केन्द्रीय समितिमा नयाँ ४०० सदस्य थप गरी केन्द्रीय कार्य समितिको संख्या ७२७ पुर्याएको छ ।
एकीकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलो पटक केन्द्रीय कार्य समितिको विस्तार भएको राप्रपाले जनाएको छ ।
सो पार्टीले आगामी असोज २९ गतेसम्म जिल्ला स्तरमा समायोजन सम्पन्न र आगामी बैशाख २५ देखी २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा लाग्ने जनाएको छ
