हेटौंडा पाथिभरा गोल्डद्वारा दिव्य सेवालाई खाद्यान्न वितरण
मकवानपुर । लायन्स क्लब अफ हेटौंडा पाथिभरा गोल्डले दिव्य सेवा निकेतन हेटौंडालाई खाद्यान्न वितरण गरेको छ ।
पाथिभरा गोल्डले शुक्रबार एक कार्यक्रमबीच निकेतनलाई चामल, दाल, चिनी, चियापती, विस्कुट, पिठोलगायत खाद्यान्न वितरण गरेको हो ।
कार्यक्रम लायन्स क्लब इन्टरनेशनल ३२५ वि २ की क्षेत्रीय प्रमुख अंकिता सुमार्गीको प्रमुख आतिथ्य तथा लायन्स क्लब अफ हेटौंडा पाथिभरा गोल्डकी अध्यक्ष रश्मी बस्नेतको अध्यक्षतामा भएको हो ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ वि २ की जोन चेयरपर्सन शोभा श्रेष्ठ, दिव्य सेवा निकेतनका केन्द्रीय अध्यक्ष टिआर निरौला, लायन्स क्लब अफ हेटौंडा पाथिभरा गोल्डकी पुर्व अध्यक्षहरु माधवी बोस, आशिका श्रेष्ठलगायतको आतिथ्य रहेको कार्यक्रम संयोजक अप्सरा मानन्धरले बताइन् ।
