मृतकको परिवारलाई एशियन लाईफ हेटौंडाद्वारा चेक भुक्तानी

तु खबर संवाददाता
२०७७ आश्विन ११,आईतवार १८:१२

मकवानपुर । एशियन लाईफ ईन्स्योरेन्स कम्पनी हेटौंडा शाखाले सिमरा–२ बारा निवासी बासुदेब प्रसाद सिलवालको परिवारलाई मृत्युदावी भुक्तानीको चेक हस्तान्तरण गरेको छ ।

एशियन कम्पनिले एक कार्यक्रमको आयोजना गर्दै मृतककी पत्नी बिमला देवी सिलवाललाई एक लाख ४५ हजार पाँच सय रुपैयाँको चेक हस्तान्तरण गरेको हो । उक्त चेक हेटौंडा शाखाका अपरेशन ईन्चार्ज डिल्लीराम तिवारीले हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा मृतकका परिवार, आफन्त, स्थानिय र कम्पनीका पदाधिकारीलगायतको उपस्थिती रहेको थियो ।

सिलवालकोे गत भदौं १३ गते मुटु रोगको कारणले मृत्यु भएको थियो । सिलवालले २०६८÷०२÷१३ मा कम्पनिमा एक लाखको एशियन सावधिक जीवन बीमा गरेका थिए ।

चेक प्राप्त गरिसकेपछि मृतककी पत्नि बिमलादेवीले कम्पनीलाई धन्यवाद व्यक्त गरेकी थिइन् ।

यसैगरी, शाखाका अपरेशन ईन्चार्ज तिवारीले बीमा कम्पनी सेवा प्रदायक कम्पनी भएकाले मानवीय अपुरर्णीय क्षती भएपनि आर्थिक क्षति न्यूनिकरणका लागि आफ्नो कम्पनीले बीमीतहरुलाई प्रभावकारी रुपमा भुतmानी दाबी गर्दे आएको बताए ।

सो क्रममा मृत आत्माको चिरशान्तिको कामना गर्दे शोक परिवार प्रति कम्पनिको तर्फबाट समवेदना प्रकट समेत गरेका थिए ।

२०६४ चैत्र २१ गतेबाट स्थापना भई हाल नेपाल भरी ३६ शाखा र १०४ वटा उप शाखाहरुबाट बीमा सम्बन्धी सम्पुर्ण सेवाहरु प्रदान गरिरहेको छ । कम्पनीको व्यवस्थापन पक्ष निकै सवल रहेकोले छोटो समयमा नै २१ अर्ब ६१ करोडको जिवन बीमा कोष स्थापना गर्न सक्षम रहेको तथा बिमीतहरुलाई उच्चतम प्रतिफल प्रदान गर्न सक्षम रहेकोे छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*