कोरोना संक्रमणबाट विदेशमा यस साता मात्रै २१ नेपालीको गयो ज्यान
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट विदेशमा यस साताभित्र मात्रै २१ जना नेपालीको ज्यान गएको छ ।
गैरआवासीय नेपाली संघका अनुसार संक्रमणबाट कुवेतमा ५, साउदी अरबमा १४, युएईमा १, युगान्डामा १ जना गरी २१ जना नेपालीको ज्यान गएको हो ।
यससँगै विदेश मृत्यु हुने नेपालीको कुल संख्या २ सय ६५ पुगेको छ ।
विदेशमा शनिवारसम्म ३८ हजार ८४८ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । तीमध्ये ३५ हजार ७८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
