गायक एसपी बालासुब्रमण्यमको निधन
नयाँदिल्ली । भारतीय चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ । उनको ७४ वर्षको उमेरमा चेन्नइको एक अस्पतालमा शुक्रबार निधन भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि बालासुब्रमण्यम गत ५ अगस्टमा अस्पताल भर्ना भएका थिए । दक्षिण भारतीय फिल्ममा पहिचान बनाएपछि बालासुब्रमण्यमले १९८१ मा हिन्दी फिल्ममा गीत गाउन सुरु गरेका थिए ।
कमल हसन अभिनित ‘एक दुजेके लिए’ फिल्मको ‘तेरे मेरे बीचमे’ बोलको गीतबाट बालासुब्रमण्यमले बलिउड गायन करियर सुरुवात गरेका थिए ।
