कोरोनाले सिकाएको पाठ

राजुप्रसाद तिमल्सिना / मकवानपुर
२०७७ भाद्र ११,बिहीबार १२:२७

नेपालीहरुले विभिन्न समयमा विपतको सामना गर्दै आइरहेका छन् । २०७२ सालमा भूकम्पका कारण ठूलो क्षति व्यहोरेको नेपालमा बर्षेनी प्राकृतिक प्रकोपबाट सयौँले ज्यान गुमाउँदै आएका छन् त कतिपय घरबार विहिन भएका छन् । झन पछिल्लो समय विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस भोभिड – १९ को संक्रमणबाट नेपालमा एक किसिमको महामारीनै सिर्जना भएको छ ।

नेपालीहरुमा जब समस्या सिर्जना हुन्छ, तब एकताको भावना बढ्दै जान्छ । अहिले सरकार, नेतृत्व तह र राजनीतिक दलका नेतादेखि जनतासम्म कोरोनाले राम्रै पाठ सिकाएको छ । अब कसरी मिल्ने र काम कसरी मिलेर गर्ने भन्नेमा सबै चिन्तित छन् । बैदेशिक रोजगारीमा भएका युवाहरुलाई पनि नेपालमै केही गर्नुपर्छ भन्ने पाठ सिकाएको छ ।

किसान वर्गमा खेतबारी बाँझो राख्न नहुने रहेछ भन्ने चेतना बढेको देखिन्छ । शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा पनि कोरोनाका कारण पूर्व धेरै कुराहरुको सिकाई भएको छ । विश्वको तथ्याङकलाई हेर्दा लाखौँले ज्यान गुमाएका छन् भने नेपालमा पनि दिनप्रतिदिन संक्रमितको संख्या बढिरहेको देखिन्छ । मृत्यु हुनेको संख्या पनि नेपालमा करिब २ सय पुग्नै लागेको छ ।

नेपाल एक कृषि प्रधान देशको रुपमा चिनिन्छ । तर कृषि कर्मबाट नेपालीहरु पन्छिँदै आएका छन् । कोरोनाको महामारीबाट सिर्जित लकडाउनका कारण अहिले अधिकाँश घरमै छन्, जसका कारण गत वर्षको तुलनामा यसबर्ष अन्नबाली बढी उत्पादन हुने अपेक्षा गरिएको छ । धेरैको ध्यान कृषि उत्पादन, पशुपालनलगायतमा केन्द्रित भएको देखिन्छ ।  कृषकहरुले भने उत्पादन गरेको तरकारी तथा अन्नबाली लकडाउनका कारण उचित मुल्यमा विक्रि गर्न पाएका छैनन् ।

गाउँघरमा अहिले युवाहरुको जमात बढेको छ । कोहि त जागिर छोडेरै घरमा बसेका छन् भने केहीले अब कृषिमा लागेर घरपरिवार संगै काम गर्ने मनशाय बनाएका छन् । कोरोनाको कारण धेरै कुराहरुको सिकाई पनि भएको छ । अहिले स्वस्थ रहनुपर्छ नत्र कोरोना लगायतका विभिन्न भाइरसको संक्रमण हुने रहेछ भन्ने चेतनाको बृद्धि भएको छ ।
स्वस्थ रहन पहिला सरसफाईमा ध्यान दिनुपर्ने रहेछ भन्ने धेरैलाई थाहा भएको छ । स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग गर्न सिक्ने अवसर मिलेको छ ।

यो विषम परिस्थितिमा नेता गणहरु पनि फुटेर हैन अब त जुटेर काम गर्नु पर्ने देखिन्छ । भ्रष्टाचारको विरोधमा सबै उत्रनु पर्छ र सामाजिक कार्यमा जुटेर देशको उन्नतीतर्फ लाग्नुपर्छ । कोरोनाले हामीलाई सिकाएको पाठ पनि यही हो । जस्तैः कृषि पेशामा युवाको जति आर्कषण बढेको छ । जसरी युवाले पुराना पेशालाइ अँगालेका छन त्यसैगरी राजनीतिक दलका नेता र जनता एक रथका दुइ पाँग्रा भएर अगाडि जाने हो भने देश स्वीजरल्याण्ड जस्तै विकसीत र हरामरा
हुनेछ ।

अब राजनीतिक दलले अर्को चुनावमा कसरी आफु निर्वाचित हुने भन्ने विषयलाई सकारात्मक कामसंग जोड्नु आवश्यक छ । विपतको सामना गर्न जनताको साथमा हुनु आवश्यक छ । जनतालाई कसरी सेवा दिने, कसरी मन जित्ने र समग्र मुलुको विकास कसरी गर्ने भन्ने चिन्तन सबैमा भयो भने मुलुक समृद्ध बन्छ र त्यस्ता चिन्तनका साथ काम गर्ने मान्छे कहिल्यै निर्वाचनमा पराजित हुनेछैनन् ।

मुलुकमा विद्यमान बेथितिलाई बसैले मिलेर सामना गर्नुपर्छ अनिमात्रै समुन्नत नेपालको निर्माण हुन्छ भन्ने हामी सबैले बुझ्नु जरुरी छ । विपत जतिबेला पनि आउन सक्छ त्यसकारण सबैले एकअर्कालाई सहयोग गरौँ । आफु पनि बाचौँ अरुलाई पनि बचाऔँ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*