खोक्रो आदर्शले पेट भर्ने भए (गजल)

सुवाश लामा ‘एस’
तु खबर संवाददाता
२०७३ चैत्र १४,सोमबार ०८:२७
सुवाश लामा ‘एस’

भन्नू भयो बाले छोरा, झोलि तुम्बा बोके हुन्छ
कसैलाई थाहा नदिइ, आफ्नो बाटो ठोके हुन्छ ।

खोक्रो आदर्शले पेट भर्ने भए, किन खानु पर्थ्यो
नदे मलाइ तेरो भासण, अन्त गइ खोके हुन्छ ।

कत्ति पुच्छर लाग्छस, आधा जोवन बितिसक्यो
अझै टेरपुच्छर नलागेमा, सधै उतै ढोके हुन्छ ।

अझै केही बित्या छैन, गर्न सक्छस तैले पनि
सीप र ज्ञान भएपछि, आफ्नो नाम तोके हुन्छ ।

गाह्रो होला तलाइ पनि, यता छाडी उता रोज्दा
पुराइस अहिले बुद्धि भने , भबिस्य नै ओके हुन्छ ।

-सुवाश लामा ‘एस’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*