हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा १३ जनाको कोरोना रिपोर्ट पोजेटिभ

तु खबर संवाददाता
२०७७ श्रावण २०,मंगलवार १६:५६

मकवानपुर । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा १३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

हेटौंडा–१० स्थित रहेको उक्त प्रयोगशालामा गरिएको परीक्षणमा बारा, पर्सा र रौतहटका गरी १३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा. जागेश्वर गौतमका अनुसार, हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा बाराका ६ जना, पर्साका एक जना र रौतहटका ६ जना गरी १३ जना संक्रमण पुष्टि भएको हो ।

नेपालमा मंगलवार २५९ जना कोरोना संक्रमित थपिएसँगै संक्रमण हुनेको कूल संख्या २१ हजार ९ जना पुगेको छ ।

म‌ंगलबार ६५ जना उपचारपछि निको भइ डिस्चार्ज भएका छन्। नेपालमा हालसम्म १५ हजार २६ जना उपचारपछि निको भएका छन्।

नेपालमा हालसम्म ५८ जना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा ७ हजार ६ सय ८७ जनामा गरिएको पिसिआर परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*