युनुस ग्रुप सुन तस्करीमा, भारतीय कनेक्सन खोज्दै सिआइबी

पत्रपत्रिका
२०७७ श्रावण २०, मंगलवार ०८:०४
file-photo

भारतीय नक्कली नोट तस्करी प्रकरणमा लागेको युनुस अन्सारी समूह अहिले सुन तस्करीमा सक्रिय भएको खुलेको छ। नेपालमा लकडाउन हुनु केही समयअघि पाकिस्तानबाट काठमाडौं आएका इल्ताफ हुसेनले त्यसको नेतृत्व गरेको प्रहरीले जनाएको छ। प्रहरी उच्च स्रोतका अनुसार हुसेनले अन्सारीकै योजनाबमोजिम नेपालका विभिन्न नाकाबाट भारततर्फ सुन तस्करीमा सहयोग गर्ने गरेका थिए।

गत मंगलबार बिहान दरबारमार्ग प्रहरी वृत्तका प्रहरीले काठमाडौंको सुन्धाराबाट नक्कली सुनको पोका बरामद भएपछि युनुसले जेलबाट योजनाबद्ध रूपले सुन तस्करीमा आफ्ना सहयोगीलाई परिचालन गरेको खुलेको हो। ‘उनीहरू सुरुसुरुमै रहेछन्, मुस्किलले दुईपटक भारततर्फ सुन तस्करी गरेको देखिन्छ। यसपटक पनि नक्कली सुन प्रहरीलाई देखाएर सक्कली सुन भारततर्फ लगेको भन्ने हाम्रो शंका छ। इल्ताफ हुसेन अझै फरार छन्। उनको खोजी भइरहेको छ,’ प्रहरी उच्च स्रोतले भन्यो, ‘लकडाउनकै समयमा पनि विभिन्न नामबाट हुसेनले पटकपटक अन्सारीलाई जेलमा भेटेको देखिन्छ।’

भारतीय नक्कली नोटको कारोबारमा सजाय भोगिरहेका अन्सारीले हुसेनलाई सुन तस्करी गर्ने जिम्मा दिएको स्रोतको दाबी छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अन्सारी–हुसेन कनेक्सनबारे अनुसन्धान गरिरहेको छ। प्रहरीको विशेष ब्युरोले भारतीय व्यापारी र तस्करहरूसँग उनीहरूको सम्पर्क–सम्बन्धबारे पनि अनुसन्धान गरिरहेको छ। आजको नागरिक दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*