मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति जोशीले लिए पद तथा गोपनियताको सपथ

तु खबर संवाददाता
२०७७ श्रावण १६, शुक्रबार १८:०३

मकवानपुर । बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा.विश्वराज जोशीले सपथग्रहण गरेका छन् । डा. जोशीले शुक्रवार हेटौंडामा आयोजित एक कार्यक्रमबीच पद तथा गोपनियताको सपथग्रहण गरेका हुन् ।

डा. जोशीलाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् ।

प्रदेशको सामाजिक विकास मनत्रालयको आयोजनामा उपकुलपतिको सपथग्रहण तथा अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ । प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले उनलाई नियुक्ती दिएका हुन् ।

प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालको अध्यक्षतामा संचालित कार्यक्रममा नवनियुक्त उपकुलपति डा. विश्वराज जोशीले प्रतिष्ठानका बारेमा अवधारणापत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, राष्ट्रियसभाका सदस्य रामचन्द्र राइ, बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेल, भूमि व्यावस्था कृषि तथा सहकारीमन्त्री दावा दार्जे लामा, नेपाली काँग्रेसका सभापति एव प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँ, प्रदेशका प्रमुख सचिव डाक्टर मानबहादुर विक, प्रदेशसभाका सदस्यहरु, विभिन्न मन्त्रालयका सचिव तथा प्रतिनिधिहरु लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*