बागमती प्रदेश मन्त्रीपरिषद्को वैठक सकियो : मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. जोशी नियुक्त

तु खबर संवाददाता
२०७७ श्रावण १४, बुधबार १६:३८

हेटौंडा । भर्खरै सकिएको बागमती प्रदेश मन्त्रीपरिषद्को बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. विश्वराज जोशीलाई नियुक्त गरेको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानको उपकुलपतिमा डा. जोशीलाई नियुक्त गरेको हो ।

वैठकले वाल अधिकार समितिको सदस्यहरुमा विभिन्न व्यक्तिहरुलाई मनोनयन पनि गरेको छ । हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति जोशी नियुक्त भएका हुन् । हेटौंडा अस्पतालभित्र प्रतिष्ठान रहने निर्णय यसअघि नै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्ले गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*