नारी लेखकको संख्या तुलनात्मक रुपमा बढेको छ :

अप्सरा तिम्सिना, अध्यक्ष, आँचल साहित्य कला पुञ्ज मकवानपुर
तु खबर संवाददाता
२०७४ असार १२, सोमबार १२:२०

१.कविता किन लेख्नु हुन्छ ?कविताकाे सामाजिक जिम्मेवारी कतिकाे हुन्छ ?
-भनिन्छ ,कविता साैन्दर्यपूर्ण अभिव्यक्ति हाे । मानवीय सम्वेदनालाई कलात्मक ढङ्गले अभिव्यक्त गरि अानन्दानुभूति गरी सन्तुष्ट हुने माध्यम पनि हाे कविता । याे थाेरै इशारा र सङ्केतबाट व्यापक भाव व्यक्त गर्ने,गेयात्मक,लयात्मक विधा पनि हाे । मैले कवितालाई हृदयका चाेटहरुकाे मलहम पनि मानेकी छु । यसले समाजमा विद्धमान कमीकमजाेरीहरुलाई व्यङ्ग्य प्रहार गर्दै अाम जनमानसमा चेतना प्रवाह गर्दछ । कवितालाई साहित्य शाश्त्री ड्राइडन र कार्लाइलले सङ्गीत तथा सङ्गीतमय विचार भनेका छन् । मलाई कविता असाध्यै मन पर्छ । म कवितालाई प्रेम गर्छु । यसर्थ कविता लेख्छु ।

कविताकाे सामाजिक जिम्मेवारी यति नै हुन्छ भनेर गणितीय ढङ्गले मापन गरिने कुरा हाेइन । यसले विगतकाे अवगत गराउँछ ।बर्तमानमा उपयाेग गगराउँछ र भाेलिकाे समाजलाई मार्ग निर्देश गर्छ । यसले तात्कालीन समय र समाजकाे माग माथि अावाज उराल्छ । साहित्यका विविध विधाहरु मध्ये सशक्त विधा कविता भएकाेले समाजलाई कुन माेडतिर लैजाने भन्ने जिम्मेवारी कविताकाे हुन्छ नै ।

२. तपाईं विशेष गरि नारी चेतनाका कविता लेख्नु हुन्छ , कविता लेखेर परिवर्तनकाे अपेक्षा गर्न सकिन्छ ?
– शिक्षकले पाठ्यक्रममा निर्धारित उद्देश्य परिपूर्ति गर्ने ध्ययले नै शिक्षण सिकाइ क्रियाकलाप गरगर्दछन् तर सम्पूर्ण विद्यार्थी लाभान्वित हुन्छन् भन्ने हुन्न । मैले कविता लेख्ने कुरा पनि त्यस्तै हाे । एक्लाे प्रयासबाट सम्भव हुन्न । समस्त स्रष्टाका कलमहरु अविरल रुपमा नारी चेतनाका सवालहरुमा चल्नु पर्छ । पुरुष स्रष्टााका सिर्जनामा पनि नारीका पीडा दुख्नु पर्छ । परिवर्तन क्रमश: हुन्छ नै ।

३. साहित्य संगम र अाँचल लगायतका साहित्यिक संस्थामा तपाईं अाबद्द हुनुहुन्छ । तिनका गतिबिधि बताइदिनुस्
न ।
– साहित्य संगम मकवानपुर, मकवानपुर जिल्लाकै सबै भन्दा जेठाे संस्था हाे । यसले हरेक महिनाकाे दाेस्राे शनिबार साहित्य सन्ध्या सञ्चालन गर्छ । यही असारमा २६२ अाैं सन्ध्या सम्पन्न गरियाे ।त्यसैगरी अाँचल साहित्य कला पुञ्ज मकवानपुरद्वारा पनि हरेक महिनाकाे पहिलाे शनिबार अाँचल भेटघाट गरिन्छ । भेटघाटमा विशुद्द नारी सर्जक,पाठक र नव नारी प्रतिभाहरुकाे मात्र उपस्थिति रहन्छ। यी बाहेक संगम र अाँचलका उस्तै उस्तै गतिबिधिहरु पनि गरिन्छ ।जस्तै: एकलवाचन ,विशेष गाेष्ठी,बहस, अअन्तर्क्रिया ,सम्मान तथा पुरस्कार समर्पण अादि जस्ता कार्यक्रम गर्दै अाइएकाे छ ।फरक यति छ कि अाँचलले नारीलाई विशेष प्राथमिकता प्रदान गर्दछ ।
३. नारी हस्ताक्षरकाे क्षमता विकासमा तपाइँबाट भएका कामहरु के के छन् ?
-हाम्रा कार्यहरु विशेष गरि संस्थागत भएका छन् । मैले नभनाैं ।म अध्यक्ष भएकाे संस्था अाँचल मार्फत नारी स्रष्टाकाे क्षमता विकासका निम्ति अाँचल भेटघाट अत्यन्त प्रभावकारी भएकाे छ।त्यहाँ सिक्ने सिककाउँने क्रियाकलाप पनि हुन्छ । हामीले सिपमूलक कार्यहरु,व्यबसायिक लेखन तर्फ उन्मुख ,उद्घाेषण ,नेतृत्व विकास ,चेतनामूलक सम्बन्धी प्रशिक्षण कार्यक्रम गर्दै अाएका छाैँ ।निष्कर्षमा भन्नू पर्दा नारी लेखककाे संख्या २ वर्ष अगाडिकाे तुलनामा बढेकाे छ ।

५. मकवानपुरमा साहित्यिक बजार कस्ताे छ ?
– बजार केलाई भन्ने ? जिल्ला भरी माैलाएका साहित्यिक संघसंस्थाहरुका गतिविधिलाई बजार मान्दा मकवानपुर अत्यन्त उर्वर छ । साहित्यिक कृतिहरुकाे किनबेचलाई बजार मान्ने हाे भने दयानीय देखिन्छ ।

६. देशैभरी नारी हस्ताक्षरहरुकाे पहुँच विस्तारका लागि साहित्यिक क्षेत्रमा के के काम हुन बाँकी छ ? जस्ताे लाग्छ ।
– सर्बप्रथम त पठन संस्कृतिकाे विकास गर्नुपर्छ ,मिडियामा नारीहरुकाे पहुँच बढाउने,नारी स्रष्टाले गरेका राम्रा कार्यकाे कदर तथा प्रशंसा हुनु पर्छ,नारी स्ष्टाले गरेकाे सामाजिक कार्यकाे मूल्याङ्कन गरि सम्मान तथा पुरस्कार गर्नु पर्ने हुन्छ, साहित्यिक प्रतिस्पर्दा हुनु पर्छ,साहित्ययका विविध विधामा कलम चलाउन प्रेरणा स्वरुप नारीका निम्ति अभ्यासात्मक गाेष्ठी सञ्चालन गर्नुका साथै पत्रपत्रिकासमेत प्रकाशित गर्न सकिन्छ । जसका कारण नारी हस्ताक्षरहरुकाे पहुँच विस्तार हुन सक्छ जस्ताे लाग्छ ।
– १२ असार २०७४ मा प्रकाशित सामग्री पुनः साभार गरिएको ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*