यस्तो छ आजको विनिमयदर

तु खबर संवाददाता
२०७७ श्रावण १३,मंगलवार ०८:१४

नेपाल राष्ट्र बैंकले मंगलबार (साउन १३०) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२० रुपैयाँ ०४ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ६ पैसा र बिक्रीदर १४० रुपैयाँ ७६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, पाउण्ड एकको खरिददर १५३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ५६ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०९ पैसा र बिक्रीदर २८ रुपैयाँ २३ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८० पैसा र बिक्रीदर ३२ रुपैयाँ ९७ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६८ पैसा रहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*