नेपाली बजारमा एकैदिन १२ सयले बढ्यो सुनको भाउ
काठमाडौं । सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार एकैदिन आइतवारको तुलनामा सुन प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको छ ।
भाउ बढेसँगै आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ कारोबार भइरहेको छ ।
यसअघि आइतवार छापावाल सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज तेजावी सुन ९७ हजार ६० रुपैयाँमा कारोबार भभइरहेको छ भने चाँदी प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
