सरिता गिरीको ठाउँमा सांसद बनिन् सिटौला
काठमाडौं । लीलादेवी सिटौला प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी छन् । निर्वाचन आयोगले समाजवादी पार्टीको सिफारिसमा सरिता गिरीको ठाउँमा सिटौलालाई प्रतिनिधिसभा सदस्य निर्वाचित भएको घोषणा गरेको हो ।
पार्टीले समानुपातिक पद्धति अन्तर्गत निर्वाचित गर्नुपर्ने खस–आर्य समूहको रिक्त भएको महिला सदस्यमा सिटौलाको नाम सिफारिस गरेको थियो ।
नेपालमा निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान गर्न समाजवादी पार्टीले जारी गरेको ह्वीप उल्लङ्घन गरेको भन्दै पार्टीले नेतृ गिरीलाई सांसद नरहने गरी कारबाही गरेको थियो ।
सिटौलाले सांसदको रुपमा छिट्टै प्रतिनिधिसभाको सभामुखबाट शपथ ग्रहण गर्ने पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
