यु एम बाईकको नयाँ शोरुम हेटौँडामा
हेटौँडा, १३ कात्तिक । आईएमइ अटोमोटिभस अन्तर्गत अमेरिकी प्रविधिमा निर्मित यु एम ब्राण्डको बाईक तथा स्कुटरको नयाँ शोरुम हेटौँडामा खुलेको छ । हेटौँडाका लागि आधिकारिक बिक्रेता RS Lifestyles ले एक प्रेस विज्ञप्ति जारी गर्दै शोरुम खुलेको जानकारी गराएको हो ।
नयाँ 3S सुविधा सहितको शोरुमको आज उद्घाटन गरिएको हो । शोरुमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले गरेका हुन् ।
