काँग्रेस नेता न्यौपानेले गरे घरको जस्ता र खानेपानी आयोजना मर्मतका लागि नगद सहयोग

तु खबर संवाददाता
२०७७ श्रावण ९, शुक्रबार १८:३६

मकवानपुर । काँग्रेस नेता शंकर न्यौपानेले एउटा घरको लागि जस्ता र वर्षाले बिगारेको खानेपानी आयोजना मर्मतका लागि नगद सहयोग गरेका छन् ।

आर्थिक अभावमा रहेका मनहरी गाउँपालिका वडा नम्बर ९ रजैयाका नवराज खतिवडाको घर छाउनका लागि नगद २१ हजार र मनहरी–५ मा बसन्तपुरमा रहेको बाउन्नेखोला खानेपानी उपभोक्ता समितिलाई मर्मत सम्भारको लागि १५ हजार रुपैयाँ सहयोग गरिएको हो ।

खतिवडाको घरका लागि जस्ता खरिद् गर्न न्यौपानेले १५ हजार, मनहरी गाउँपालिका–९ नम्बर वडा सभापति राजकुमार श्रेष्ठले ५ हजार र मनहरी गाउँपालिका सभापति नारायण उप्रेतीले एक हजार रुपैयाँ सहयोग गरेका थिए ।

त्यस्तै, काँग्रेस नेता न्यौपानेले खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामबहादुर बिष्टलाई बाढीले बिगारेको योजना मर्मतका लागि नगद १२ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

गत स्थानीय निर्वाचमा काँग्रेसको तर्फबाट मनहरी गाउँपालिका अध्यक्षको उम्मेदवार समेत रहेका न्यौपानेले जनताको सुखदुःखमा कांग्रेस सदैव साथै रहेको बताए ।

रकम हस्तान्तरण कार्यक्रममा कांग्रेसका जिल्ला सदस्य नवराज उप्रेती, क्षेत्रीय उपसभापति नुरज पौडेल, मनहरी गापा सभापति नारायण उप्रेती, आदिवासी जनजाति संघ मनहरी सभापति भिमसेन लामा, काँग्रेस पूर्व जिल्ला सदस्य सिताराम अर्याल, वडा सभापति राजकुमार श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*