प्रमुख सचिव रायाको बिदाई

तु खबर संवाददाता
२०७७ श्रावण ९, शुक्रबार ०९:०७

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भर्खरै सरुवा भएका प्रमुख सचिव तोयम रायाको विदाई गरेका छन् । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री पौडेलले मायाको चिनो प्रदान गरेर सचिव रायाको विदाई गरेका हुन् ।

बिदाई कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले प्रमुख सचिव रायाको कार्यकालको प्रसंशा गरेका थिए । उनले आगामी दिनमा पनि प्रदेशको कार्यमा सहयोग जारी राख्न आग्रह गर्दै करिब ११ महिना प्रमुख सचिव भएर काम गर्दा सचिव रायाको महत्वपूर्ण भूमिका रहेको बताए ।

त्यस्तै, प्रमुख सचिव रायाले आगामी दिनमा पनि प्रदेशसंग समन्वय गरिरहने प्रतिबद्धता ब्यक्त गरे । प्रदेशको प्रमुख सचिव भएर जिम्मेवारी सम्हाल्न सहजता प्रदान गरेकोमा मुख्यमन्त्री पौडेल तथा प्रदेशका मन्त्रीहरुप्रति आभार व्यक्त गरे ।

प्रमुख सचिब रायाको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ । बागमती प्रदेशको प्रमुख सचिबमा डा. मानबहादुर विक सरुवा भएर आउने भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*