बीपी कोइरालाको ३८ औं स्मृति दिवसमा काँग्रेस मकवानपुरको रक्तदान कार्यक्रम

तु खबर संवाददाता
२०७७ श्रावण ६, मंगलवार ११:१०

मकवानपुर । नेपाली काँग्रेसका संस्थापक बीपी कोइरालाको ३८ औं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस मकवानपुरले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

काँग्रेस मकवानपुरले मंगलवार हेटौंडामा आयोजना गरेको उक्त रक्तदान कार्यक्रम नेपाली काँग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना तथा काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं काँग्रेस मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले ब्लड  दिएर उद्घाटन गरेका थिए ।

कार्यक्रममा नागरिक समाज, शिक्षक, कर्मचारी र विभिन्न राजनीतिक दलका प्रतिनिधि र समाजसेवीहरु गरी ३० जनाले रक्तदान गरेको काँग्रेस मकवानपुरले जनाएको छ ।

काँग्रेस मकवानपुरका अनुसार, संकलन भएको रगत हेटौंडास्थित ब्लड बैंकमा हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा काँग्रेस बागमती प्रदेश संसदीय दलकी प्रमूख सचेतक राधा घले, काँग्रेस मकवानपुरका प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, जिल्ला सचिवद्वय बुद्ध लामा र आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहकार उमा दाहाल, भरत पुराजुली प्रवक्ता प्रदिप कोइराला, थाहा नगरका उपमेयर एवं जिल्ला सदस्य खड्ग गोपाली, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, बकैया गाउँपालिका प्रमूख दामोदर खनाललगायत जिल्ला कार्यसमितिका सदस्यहरु, भातृ तथा शुभेच्छुक संघसंस्थथाका पदाधिकारी एवं सदस्यहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*