हेटौंडा–१६ का ५१ जना काँग्रेसमा प्रवेश

तु खबर संवाददाता
२०७७ श्रावण ६, मंगलवार १०:२७

मकवानपुर । विभिन्न पाटी परित्याग गरी हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडास्थित जरुङटोलका ५१ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

कााग्रेसको जरुङटोल समिति गठन कार्यक्रममा नेकपा, राप्रपालगायतका पार्टी परित्याग गरी ५१ जना काँग्रेसमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई प्रमुख अतिथि काँग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, १६ नम्बर वडाध्यक्ष रामकृष्ण कोइरालालगायतले टीका र खादा लगाइदिएका थिए ।

भेलाले प्रभाकर आले मगरको अध्यक्षतामा १७ सदस्यीय जरुङटोल समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सुन्दर विक, सचिवमा पम्फा राना, सहसचिवमा मधु गोले र कोषाध्यक्षमा सुवास आले मगर रहेका छन् ।

काँग्रेस हेटौंडा १६ का सभापति रामकृष्ण कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सल्लाहकार मोहन बस्ताकोटी, क्षेत्रीय सदस्य ध्रुब दुलाल, वडा सचिव बुद्धिलाल स्याङ्तानलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*